कविता : यौवनको बद्लिँदो माग तिमी

समयले हो कि
उमेरको माग तिमी
कर्के नजर लगाएर आयौ
यो गहिराईमा एक्लै डुबाएर गयौ !

आकर्षक हौ कि
बद्लिँदो यौवनको माग तिमी
प्रेम पस्ताव कोरेर आयो
खै कसलाई के भनुँ
फोटो हेरि टोलाउने बनाएर गयौ !

फूल हौ कि
अत्तरको माग तिमी
छताछुल्ल पोखिएर आयौ
गहिराईमा एक्लै डुबाएर गयौ !!

 लक्ष्मी श्रेष्ठ, विराटनगर