प्रेमीलाई खुसी पार्न नाइटो काटेर उपहार दिइन् युवतीले  !

एजेन्सी : मानिस प्रेममा पागल हुन्छन् । र, त्यस्ता व्यक्तिले प्रेमका लागि जे पनि गर्न सक्छन् भन्ने उदाहरण बनेकी छन्, एक युवती ।

झट्ट सुन्दा यस्तो हर्कत निकै क्रूर र दर्दनाक लाग्न सक्छ । तर, यो सत्य घटना हो । मेक्सिकोकी २३ वर्षीया एक युवतीले आफ्नो प्रेमीलाई खुसी पार्न भनेर आफ्नै शरीरको अप्रेसन गरेर नाइटो उपहार दिएकी छन् ।

खबरअनुसार प्रेमीलाई प्रेमको प्रतीकको रूपमा नाइटोविहीन पेट उपहार दिने उनको त्यो दुस्साहसलाई धेरैले पागलपना भनेका छन् ।

अब तपाईंलाई यो पनि भनिहालौं कि, जुन प्रेमीका लागि युवतीले नाइटो फ्याँकिन, अहिले उनको प्रेमीसँग ब्रेकअप भइसकेको छ ।

प्रेममा यस्तो पागलपना देखाउने युवती मेक्सिकोको गुआडालाजारा क्षेत्रमा बस्छिन् । उनाको नाम पालिना क्यासिलास लेन्डरोस हो ।

खबरअनुसार ती युवतीले आजभन्दा ३ वर्षपहिला नै आफ्नो नाइटो काटेर फालेकी रहिछन् । अहिले उनले नाइटोको ठाउँमा टाटु खोपेकी छन् । उनले प्रेमीकै लागि जिब्रोसमेत छेडेकी थिइन् ।

खबरअनुसार युवतीले आफ्नो प्रेमीकै अनुरोधमा यस्तो हर्कत गरेकी थिइन् । तर, समयक्रमसँगै उनीहरूको प्रेम सम्बन्ध पनि टुट्यो । अहिले ती युवती केवल पछुतो मनाइरहेकी छन् ।