चितवनमा भोली बिहान ९ बजेदेखि दिउँसो २ बजेसम्म विद्युत कटौती हुने

कात्तिक १६ गते
चितवनमा भोली दिनभर विद्युत सेवा अवरुद्ध हुने भएको छ । नेपाल विद्युत प्राधिकरण भरतपुर वितरण केन्द्रले भोली शनिबार चितवनमा विद्युत कटौती गर्ने भएको हो ।
नेपाल विद्युत प्राधिकरण रत्ननगर टाँडीका प्रमुख चुनटुन कुमार श्रीवास्तवका अनुसार भोली शनिबार बिहान ९ बजेदेखि दिउँसो २ बजेसम्म विद्युत कटौती गर्न लागिएको छ ।
तिहार पर्वलाई लक्षीत गरेर ३३ के.भि.ए.लाईन मर्मत गर्नुपर्ने भएकाले विद्युत कटौती गर्न लागीएको प्राधिकरणका प्रमुख श्रीवास्तवले बताउनुभयो।