जब कण्डम किन्ने लाजले प्लाष्टिनै लिंगमा बेरेर सेक्स गरेपछि…..

एजेन्सी –यौन सम्पर्कका बेला सावधानी नअपनाउँदा भियतनाममा एक जोडी आत्थुआत्थु परेका छन् । कण्डम किन्न पसलसम्म जान लाज मानेपछि प्लाष्टिक प्रयोग गरेर यौनसम्पर्क गर्दा उनीहरुलाई निकै ठूलो पीडा भएको होे । दुवै जोडीको यौनाङ्गमा प्लाष्टिकका कारण गम्भीर चोट लागेपछि उनीहरु हनोइको अस्पतालमा भर्ना भएका छन् ।

उनीहरुले बाक्लो खालको प्लाष्टिक प्रयोग गरेका थिए र त्यसको घर्षणले यौनाङ्गमा नराम्ररी चोट पुर्याएको थियो । अहिले अस्पतालमा दुवैजनाको उपचार भैरहेको छ । गर्भ नरहोस् भन्नका लागि उनीहरुले कण्डमको प्रयोग गर्न चाहेको तर किन्न जान लाज मानेपछि यस्तो उपाय अपनाएका थिए । भियतनाममा यौन शिक्षा तथा चेतनाको निकै कमी रहेको बताईएको छ ।