विद्यालयलाई हेल्थ फाउण्डेसनद्धारा कम्युटर सहयोग

चितवन, कार्तिक १८ । चितवनका विभिन्न चार वटा विद्यालयलाई हेल्थ फाउण्डेसनले कम्युटर सहयोग गरेको छ । पूर्वी चितवनको खैरहनी नगरपालिका ११ स्थित राष्ट्रिय आधारभुत विद्यालय पिद्रहनी,राप्ती ७ स्थित बीरेन्द्र आर्दश माध्यमिक विद्यालय, रत्ननगर १ स्थित ओमशान्ती आधारभुत विद्यालय र भरतपुर ११ स्थित जखेडीमाई आधारभुत विद्यालयलाई कम्युटर सहयोग गरेको हो ।
ति विद्यालयहरुलाई २,२ वटा कम्युटर सहयोग गरिएको फाउण्डेसनका चितवन संयोजक निराजन आचार्यले जानकारी दिए ।
अमेरिकामा रहेका नेपालीहरुले हेल्थ फाउण्डेसन स्थापना गरेका हुन् । सोही फाउण्डेसनले विपन्न समुदायका विद्यार्थी अध्ययनरत विद्यालय छनौट गरेर सहयोग गरेको चितवन संयोजक आचार्यले वताए ।
पहिलो चरणमा प्रदान गरिएको कम्युटर सदुपयोग भएको पाईएमा पुन सहयोग गर्ने उनले वताए । फाउण्डेसनले यसअघि चितवनका २० वटा विद्यालयलाई कम्युटर सहयोग गरिसकेको छ ।
पिद्रहनी विद्यालयमा खैरहनी ११ वडा सदस्य लालवहादुर तामाङको प्रमुख आतिथ्यता तथा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष पुस्कर पाण्डेको अध्यक्षतामा कम्युटर हस्तान्तरण गरिएको थियो ।