राईनो गोल्डकप : नेपाल पुलिस क्लव र संकटा भिड्ने

 

नवलपुर , कार्तिक १९ ।  नवलपुरको मध्यविन्दु नगरपालिका–२, कोल्हुवामा जारी राइनो सरक्षण गोल्डकप फुटबल प्रतियोगिता अन्तरर्गत आज ( सोमबार ) नेपाल पुलिस क्लव र सीएमजी संकटा भिड्ने भएका छन् । राईनो रंगशाला कोल्हुवामा दिउँसो ३ बजेबाट खेल सुरु हुने आयोजकले जनाएको छ ।

 

आइतबार भएको खेलमा च्यासल युथ क्लब बिजयी भएको थियो । राष्ट्रिय टिमका युवा स्ट्राइकर बिमल घर्ती मगरको टिम च्यासलले ब्वाईज युनियन लाइ २-१ गोलको  अन्तरले पराजित गरेको थियो ।

 

प्रतियोगितामा विभागीय टिम एपिएफ, नेपाल पुलिस क्लब र ए डिभिजनका ६ टिमसहित १२ टिमको सहभागिता रहेको आयोजक नन्द–भाउजु मध्यवर्ती उपभोक्ता समितिका अध्यक्ष दोमन बहादुर भण्डारीले जानकारी दिनुभएको छ ।

 

प्रतियोगिताको विजेताले ४ लाख ९९ हजार ५ सय ५५ र उपविजेता टिमले २ लाख ५५ हजार ५ सय ५५ रुपैयाँ पुरस्कार प्राप्त गर्नेछ । सेमीफाईनलमा पुग्ने २ टिमलाई म्याच मनी १ लाख रुपैयाँ दिईने आयोजकले जनाएको छ ।