स्वर्ण तारा सम्बृद्धी यूवा क्लबद्वारा दिपावलीको अवसरमा रक्तदान कार्यक्रम

सन्तकुमार चौधरी
रत्ननगर, १९ कार्तिक । शुभ दिपावलीको अवसरमा स्वर्ण तारा सम्बृद्धी यूवा क्लब रत्ननगरले खुल्ला रक्तदान कार्यक्रम आयोजना गरेको छ । रत्ननगरको वडा नं. १५ स्थ्ति आर्दश चोकमा आयोजना गरिएको रक्तदान कार्यक्रममा ५१ जनाले रक्तदान गरेका छन् । जिल्लामा रगतको अभाव देखिएकाले रक्तदान कार्यक्रम आयोजना गरिएको रक्तदान कार्यक्रमका संयोजक सुलभ घिमिरेले जानकारी दिनुभयो । क्लका अध्यक्ष विवेक राज दुवाडीको अध्यक्षतामा आयोजना गरिएको कार्यक्रममा स्थानीय समाजसेवी, महिला समुह, क्लबका सदस्यहरुको सहभागीता थियो ।


दिपावलीकै अवसरमा क्लबले यहि कार्तिक २२ गते विविध सांस्कृतिक कार्यक्रमको समेत आयोजना गर्ने तयारी गरेको छ । कार्यक्रममा लोक गायक रामजी खाँड, नेपाल आइडलका चर्चीत नाम मिनराज पौडेल, डि.जे सर्किट, गीतकार यादव लम्साल लगायत स्थानीय कलाकारहरुको प्रस्तुती रहने क्लबका सचिव एनिक घिमिरेले जानकारी दिनुभयो ।

फोटो  :- रामजी नेपाल /मनकामना फोटोग्राफी