ब्याडमिन्टनको उपाधि ढकाल र सापकोटालाई

चितवन, २० कात्तिक । भरतपुर महानगरपालिका वडा नम्बर ६ देवनगरमा सम्पन्न खुला ब्याडमिन्टन प्रतियोगिताको उपाधि रामहरि ढकाल र दया सापकोटाको जोडीले जितेका छन् ।
उनीहरुले सूर्य बहादुर न्यौपाने र मिन थापा मगरको जोडीलाई हराउँदै उपाधि हात पारेका हुन् । जितसँगै ढकाल र सापकोटाको जोडीले नगद पाँच हजार रुपैयाँका साथै शिल्ड र प्रमाणपत्र प्राप्त गरेका छन् । त्यस्तै उपविजेता भएका न्यौपाने र मगरले तीन हजार रुपैयाँको साथमा प्रमाणपत्र प्राप्त गरेका छन् । सो प्रतियोगितामा विष्णु कंडेल र खगेन्द्र दाहाल तेस्रो हुँदै एक हजार पाँच रुपैयाँका साथमा प्रमाणपत्र प्राप्त गरेका छन् ।
सोमबारदेखि भएको प्रतियोगिता आज सकिएको प्रतियोगिताका संयोजक गणेश रिजालले बताए । प्रतियोगितामा राष्ट्रिय खेलाडीसहित १६ समूह सहभागी थिए । स्वास्थ्यका लागि खेलकुद राष्ट्रका लागि खेलकुद भन्ने नाराका साथ भरतपुर महानरगपालिका वडा नम्बर ६ को दक्षिणकाली टोल विकास संस्थाको आयोजनामा खुला ब्याडमिन्टन प्रतियोगिताको आयोजना गरिएको थियो ।