कांग्रेस उपसभापतीमा गच्छदार चयन

काठमाडौं,२० कात्तिक । प्रमुख प्रतिपक्षी  दल नेपाली कांग्रेसको उपसभापतमि विजयकुमार गच्छदार चयन भएका छन् ।मंगलबार पार्टी कार्यालय सानेपामा बसेको केन्द्रीय समिति बैठकले विजयकुमार गच्छदारलाई उपसभापतिमा मनोनित समेत गरेको हो ।
महासमिति बैठक आगामी मंसिर २८ गतेसम्मका लागि सारिएको छ । २८ गते बैठक पुस ३ गते सम्पन्न हुने बताइएको छ ।
कांग्रेसमा आन्तरिक विवादका बीच पार्टी एकताबाट आएका नेता गच्छदारलाई उपसभापतिमा नियुक्त गर्नुका साथै महासमिति बैठक सारेको हो ।