प्रधानमन्त्री ओलीको तस्बिर बिगार्ने पक्राउ

काभ्रे, २१ कात्तिक । प्रधानमन्त्री केपी शर्मा ओलीको तस्बिर बिगारेर सामाजिक सञ्जालमा पोस्ट गर्ने एकजना प्रक्राउ परेका छन् ।

समाचारका अनुसार कुकुरको जिउमा प्रधानमन्त्रीको टाउको जोडेर सामाजिक सन्जालमा पोस्ट गरेपछि पक्राउ परेका हुन् । उक्त ब्यक्तिलाई मण्डनदेउपुर नगरपालिका देउपुरबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ । नेपाल समाचारपत्र दैनिकमा खबर छ ।