विदेश जाँदा अब १५ सय डलरमात्रै लग्न पाइने

काठमाडौं, कात्तिक २१ अब नेपाली नागरिकले विदेश जाँदा राहदानीबापत प्रतिव्यक्ति एक हजार पाँच सय अमेरिकी डलर मात्र सटही सुविधा पाइने भएको छ। राष्ट्र बैंकले मंगलबार परिपत्र जारी गरेर बैंकहरूलाई यस्तो निर्देशन दिएको समाचार कान्तिपुर दैनिकले छापेको छ।

बिनाप्रयोजन विदेश जाने प्रवृत्ति बढ्न थालेपछि त्यो नियन्त्रणका लागि डलर सटही सीमा घटाइएको राष्ट्र बैंक विदेशी विनिमय व्यवस्थापन विभाग प्रमुख भीष्मराज ढुंगानाले बताए।

तीन वर्षअघि राष्ट्र बैंकले भारतबाहेक अन्य मुलुक जाने नागरिकलाई राहदानीबापत प्रतिपटक २ हजार पाँच सय अमेरिकी डलर वा सो बराबर अन्य परिवत्र्य विदेशी मुद्रा सटही दिने व्यवस्था थियो। ‘स्वदेशी पर्यटनलाई प्रवर्द्धन र विदेशी पर्यटनलाई निरुत्साहित गर्न यस्तो नीति ल्याइएको हो,’ढुंगानाले भने।

यसैगरी राष्ट्र बैंकले विदेश जाँदा प्रयोग गरिने टेलिग्राफिक ट्रान्सफर (टीटी) को सीमा पनि घटाएर एक पटकमा ३० हजार अमेरिकी डलर बनाएको छ। यसअघि यस्तो सीमा प्रतिपटक ४० हजार अमेरिकी डलर थियो।