जुवातास नियन्त्रयण गर्न आक्रमक शैलीमा एसपी राठौर, तिहारमा मात्रै ६४ जुवाडेलाई मुद्दा दायर,

किशोर रिजाल
चितवन, २२ कात्तिक । चितवन प्रहरी प्रमुख एवं प्रहरी उपरिक्षक (एसपी) सुशिलसिहं राठौर जिल्लामा जुवातास नियन्त्रयण अभियानमा आक्रमक रुपमा प्रस्तुत भएका छन् ।

जिल्ला प्रहरी कार्यालय चितवनमा तिहार विशेष फोर्स गठन गरि जुवातास नियन्त्रयण अभियानमा राठौर आक्रमक बनेका हुन् ।

प्रहरी निरिक्षकको नेतृत्वमा युनिफर्म तथा सादा पोशाकमा राठौरसहित टिमले जिल्लामा तिहारको आजसम्म अवधिमा ६५ जना जुवाडेलाई पक्रा गरेको छ ।

जुवातास पैसाको मात्र सत्यनास गरेको छैन् उनले सौराहा अनलाईनसगँको कुराकानीमा भने, घरबार बिगार्ने देखि अपराधीक क्रियाकलाप बढेपछि दशैमा जस्ता शान्त चितवन बनाउन हामी रातदिन कसरतमा छौँ ।

हामी जिल्लालाई जुवातासरहित जिल्ला बनाउने अभियान लागेको भन्दै यस्तो कार्य गरे वा गराएको पाए पनि तुरुन्तै मुद्दा चलाई कार्वाही गर्ने चेतावनी समेत दिए ।

चितवन प्रहरीको विशेष टिमले खैरहनीमा २ ठाउँ टाडीँमा १ ठाउँ, भरतपुरमा ३ ठाउँ, गीतानगरमा ३ ठाउँ र रामपुरमा १ ठाउँ गरि ६५ जनालाई पक्राउ गरि २५ लाख रुपैयाँ समेत वरामद गरेको उनले बताए ।

ूसुरक्षित र शान्त चितवन ूबनाउने उद्देश्‍यका साथ जिल्ला प्रहरी कार्यालय चितवनले गएको जेठ देखि थ्रि एस अप्रेशन समेत चलाउदै आएको छ ।
बिशेष गरी तिहार पर्वमा कानूनले निशेधित गरेको जुवा तास खेलिने र जुवातासले समाजलाई बिकृती तर्फ उन्मुख गराउने, आपसी झै झगडा निम्त्याउने तथा आपाराधिक घटनाहरु समेत हुन सक्ने भएकोले चाडपर्वलाई सुरक्षित साथ सभ्य र भव्य तवरले मनाउने उद्देश्यका साथ जुवातास नियन्त्रणको लागि प्रहरी निरीक्षक युवराज तिमिल्सिनाको कमाण्डमा टोली गठन गरी प्रहरी परिचालन गरिएको छ ।
साथै पक्राउ परेका निजहरु उपर मुलुकी अपराध (संहिता) ऐन २०७४ को परिच्छेद ५ को दफा १२५ अन्तर्गर जुवा कसुरमा थप अनुसन्धान कारवाही भई रहेको उनले जानकारी गराए ।

पटका पड्काउने २१ जनालाई नियन्त्रणमा

साथै दीपावली र छठको अवसरमा बिस्फोटजन्य पदार्थ पटका नपड्काउन जिल्लाबासीलाइ अपिल गरेको छ ।

जिल्ला प्रहरी कार्यालय चितवनका एसपी सुशीलसिंह राठौरले बिस्फोटजन्य पदार्थ पटका पड्काउदा अंगभंग हुने, बालबालिकाको आंँखाको ज्योती गुम्ने, आगोलागी हुने र धनजनको समेत क्षति हुनुको साथै समाजमा अशान्ति र भय त्रास हुने भएकोले पटका नपड्काउन सबैमा अपिल गरेका छन् ।

एसपी राठौरले प्रहरीले दिएको पटकपटकको आदेश, अनुरोध र निर्देशनको बर्खिलाप गरे वा लुकिछिपी रूपमा पट्का पड्काएको पाइए प्रहरीले ुअन द स्पोर्ट्ु कडा भन्दा कडा कार्वाही गर्ने चेतावनी समेत दिए ।

उनले अहिलेसम्म पटका पड्काउने २१ जनालाई नियन्त्रणमा लिएर कार्वाही प्रक्रियालाई अगाडी बढाएको बताउनुहुँदै आफ्ना बालबालिकालाई समेत जिद्दी गरेकै भरमा पट्का पड्काउन नदिन र त्यसबाट टाढै राख्न अभिभावकलाई समेत आग्रह गरे ।