अज्ञात समुहद्धारा माछापोखरीमा विष, लाखौको क्षती, पीडित भन्छन् : ऋण कसरी तिर्ने (भिडियो)

धुव्रराज खनाल
चितवन, कार्तिक २२ । चितवनको राप्ती नगरपालिका १ पिप्ले ज्योतिनगरका एक किसानको माछापोखरीमा अज्ञात समुहले विष प्रयोग गरी लाखौको क्षती पुर्याएको छ ।
स्थानीय रत्नवहादुर वर्तौलाको माछापोखरीमा बुधवार अज्ञात समुहले विष हाल्दा करिव १० लाख वरावरको क्षती भएको हो । उनको करिव ६ कठ्ठा क्षेत्रफल मध्ये ४ कठ्ठामा माछापोखरी छ ।
बुधवार विहान ४ वजेसम्म केही नभएको वताउँदै वर्तौलाले ५ वजेतिर माछा एकाएक मर्न थालेपछि पोखरीमा हेर्दा विषको वट्टा फेला पारेका थिए ।

 

 

लगभग तयारीमा अवस्थामा रहेको माछामा अज्ञात समुहले विष हाल्दा ९,१० लाख वरावरको क्षती भएको उनले वताए । अघिल्लो वर्ष पनि अज्ञात समुहलेनै उनको माछापोखरीमा विष हालिदिएका थिए ।
त्यति वेला पनि प्रहरीले कोही पक्रन सकेन् ।

त्यो वेला करिव ४,५ वरावरको क्षती भएको थियो । वेच्न सुरु गरेको अवस्थामा कुन पापीले विष हालेर सखाप पारिदियो माछापालक किसान वर्तौलाले भने – कुनै पनि हालतमा अपराधी पत्ता लगाई कारवाही गरियोस् । तीन वर्ष अघि मात्रै उनले माछापाल्न सुरु गरेका थिए ।
माछापालेरै उनले आफ्नो ७ जनाको परिवार पाल्दै आएका थिए । परिवार पाल्ने अरु कुनै आधार थिएन यही एउटा आधार थियो उनले भने – सहकारीबाट ऋण गरेर व्यवसाय गरे,अव त्यो ऋण कसरी तिर्ने ।
साना किसान कृषि सहकारी,समाज कल्याण वचत तथा ऋण सहकारी लगायतमा गरी ९ लाख ऋण रहेको उनले सुनाए । भात खाने ठाउँ मासेर पोखरी वनाईयो भत्कानिदै वर्तौलाले थपे –मैले केही अन्याय गरेको छैन् अव वालवच्चा कसरी पाल्नु ।
स्थानीय माछापालक कृषक राजु पाठकले माछापालन गरेरै जिविकोपार्जन गर्दै आएका वर्तौलाले सरकारले अपराधीलाई पक्राउ गरि न्याय दिलाउनु पर्ने वताए ।
प्रहरीले भने अपराधमा सलग्नको खोजी भईरहेको जनाएको छ । राप्ती नगरपालिका १ मा करिव २५ विगाहा जमिनमा माछापालन गरिदै आएको छ ।