नेवाःपुचः नारायणगढ मनायो नेपाल सम्वत ११३९, आर्थिक क्रान्तिमा नेवार समुदायको भूमिका महत्वपूर्ण : सासद पोख्ररेल

 

सरस्वतीकुमारी शर्मा

चितवन, २२ कात्तिक । नेपाल सम्वत ११ सय ३९ सुरु भएको खुशियालीमा बिहीवार चितवनसहित देशभरभर विभिन्न कार्यक्रम गरिएको छ । नेपाल संवतको खुसियालीमा विभिन्न स्थानमा सांस्कृतिक पहिचान झल्कने पोशाक सहित झाकी निकालिएको छ ।
नेपाल सम्वत ११३९ को अबसरमा चितवनका नेवार समुदायले मोटरसाईकल ¥याली तथा जलपान कार्यक्रम गरेका छन् । कार्यक्रमको एक समारोहका विच चितवन क्षेत्र नम्बर २ का सासंद कृष्णभक्त पोख्रेरलले उद्धघाटन गरेका थिए । सो अवसरमा बोल्दै सासद पोख्ररेलले नेवारी भाषा नेपालको पुरानो भाषा भएको भन्दै यसको संरक्षण सबै लाग्नु पार्ने बताए ।
उनले मुलुक आर्थिक समृद्धि तर्फ लम्कीएको अवस्थामा मुलुकमा आर्थिक क्रान्ति नेवारहरुबाट भएको भन्दै नवारले फेरि एक पटक आर्थिक क्षेत्रमा नयाँ क्रान्ति गर्ने वेला आएको बताए । नेवाःपुचः नारायणगढको आयोजनामा बिहीवार विहान नेवाः पुचः भवन मैयादेवी मार्ग परिसरबाट सुरु बाजागाजा सहितको ¥यालीले नारायणगढ बजार परिक्रमा गरेको थियो।
¥यालीमा नेवार समुदायमा चलनमा रहेका विभिन्न झाँकी, लाखे टाकुटुकेनाच पनि प्रदर्शनी गरिएको थियो । ¥यालीमा नेवार समुदायका साथै अन्य समुदायका प्रतिनिधिहरुको पनि सहभागिता रहेको नेवाःपुचः नारायणगढका अध्यक्ष ज्ञानेन्द्रमान शाक्यले जानकारी दिए । ¥याली लगत्तै जलपान समारोह समेत समपन्न गरिएको थियो ।
यसैगरी जिल्लाको अन्य ठाउँमा पनि नेवार समुदायको आयोजनामा नेपाल सम्बतको अवसरमा विभिन्न कार्यक्रमहरु आयोजना गरिएको छ । नेपाल सम्वतका प्रवर्तक शंखधर साख्वालाई २०५६ सालमा राष्ट्रिय विभूति घोषणा गरेको सरकारले नेपाल सम्वतलाई २०६५ सालमा राष्ट्रिय मान्यता दिएको थियो ।
लिच्छवीकालिन राजा राघवदेवको पालामा काठमाण्डौका व्यापारी शंखधर साख्वाले सबैलाई ऋणबाट मुक्त गरेको खुशियालीमा विक्रम सम्वत ९ सय ३६ बाट नेपाल सम्वत मनाउन थालिएको इतिहास छ ।