गृहमन्त्री बादलको तिहारे उद्धघोष : निर्मला पन्त हत्यारा सार्वजनिक हुन्छ

 

काठमाडौं, २२ कात्तिक । गहमन्त्री रामबहादुर थापा‘बादल’ले कञ्चनपुरकी निर्मला पन्त हत्यारा चाँडै कानुनी कठ्घरामा आउने बताउनु भएको छ । हत्या रहस्यमय भएको र अनुसन्धान जारी रहेको भन्दै उहाँले हत्यारा पत्ता लाग्दैन की भनेर निरास नहुन आग्रह गर्नुभयो । रिपोर्टस क्लबले आयोजना गरेको देउसीभैलो कार्यक्रममा बोल्दै उहाँले घटनालाई अतिरञ्जित नबनाउन समेत आग्रह गर्नुभयो ।

प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारले गरेका कार्यको समिक्षा गर्न आग्रह गर्दै उहाँले देशमा भएको गुण्डागर्दी समाप्त पार्न सरकार प्रतिबद्ध रहेको बताउनुभयो । निर्मला पन्त हत्याका प्रमाणहरु लुकाइनु, घटनालाई दबाउन खोज्ने जो कसैलाई कारबाही हुने उहाँको धारणा थियो । उहाँले भन्नुभयो, ‘प्रहरीले ईन्भेष्टिकेसन गरिनै राखेको छ, हत्यारा पत्ता लगाउन सरकार लागि परेकै छ बिनासित्तै निर्मलाका आमाबुवालाई नउचाल्न उहाँको आग्रह छ ।

सरकारले देशमा अराजकता निम्त्याउने, समाज भड्काउने कार्य गर्नेलाई जेलमा कोचेको उहाँको भनाइ थियो ।