पुर्व युवराजा पारस चितवनमा फुटबल खेल्दै, सडक वालवालिकासगँ रमाउदै

 

राजु थापा
चितवन कार्तिक २७ । चितवनका सडक बालकहरुलाई हौसला प्रदान गर्न पुर्व युवराज पारस शाह चितवन आएका छन् ।

प्रहरी र नागरिकको संयुक्त अभियान ( पिटुसिटु) मा रहेका बालकहरुलाई हौसला प्रदान गर्नको लागि भरतपुर ५ आनन्दपुरमा रहेको सो अभियानको छात्रावासमा पुगी पुर्व युवराज शाहले बालकहरु संगै झण्डै १० मिनेट फुटवल खेली हौसला प्रदान गरेका थिए ।

 

 

 

 

 

चितवन जिल्लालाई सडक बालबालिका मुक्त गर्नको लागि ३ वर्ष अधि शुरु भएको अभियानले यस जिल्लाका ४० भन्दा वढी बालबालिकालाई सडक बाट उद्धार गरि आनन्दपुरमा संरक्षण गदैै आएको छ ।
केही बालकालिकालाई उद्धार पछि पारिवारिक पुर्नमिलन गराए पनि हाल ३० जना बालकहरु सो संस्थामा रहेर अध्ययन गरिरहेका छन्।

चितवन जिल्लाका नागरिक र प्रहरीले सहकार्य गरि सडक बालबालिकाहरुलाई संरक्षण दिएर उदाहरणीय कार्य गरेको भन्दै पुर्व युवराज शाहले सो संस्थामा आश्रित बालबालिकाहरुलाई हौसला प्रदान गर्न उपस्थित भएको पिटुसिटुका कोषाध्यक्ष निर्देश सेढाईले जानकारी दिनु भयो ।

पिटुसिटुमा रहेका बालकहरु हाल अध्ययन र अतिरिक्त क्रियाकलापमा समेत अब्वल बन्दै गएका छन् ।