पवित्र उद्देश्यले पूर्वी क्षेत्र महोत्सव गरिएको हो : संयोजक निरज श्रेष्ठ

चितवन २७ कार्तिक । यही कात्तिक ३० गतेदेखि मंसिर ११ गतेसम्म रत्ननगरमा हुने ‘पूर्वी क्षेत्र महोत्सव’ का संयोजक निरज श्रेष्ठले पवित्र उद्देश्य बोकेर महोत्सव आयोजना गरिएको बताएका छन । महोत्सवका विषयमा अनेकन टीकाटिप्पणी भइरहेका बेला संयोजक श्रेष्ठले महोत्सवका उद्देश्यका विषयमा शंका नगर्न आग्रह गरे । हामीले विशुद्ध सामाजिक उद्देश्य बोकेर महोत्सव आयोजना गरेका हौं उनले भने महोत्सव पैसा कमाउन गरिएको हाट बजार होइन ।

सामाजिक काम गरेको देख्न नसक्ने केही तत्वहरुले महोत्सवमा अवरोध सृजना गर्न खोजेको भन्दै उनले त्यस्तो हर्कतले कालन्तरमा स्वयम उसैलाई असर गर्ने बताए । संयोजक श्रेष्ठले महोत्सवबाट भएको आन्दानीले पहिलो पटक पूर्वी चितवनमा शव बहान सञ्चालन, पूर्वी क्षेत्रमा कार्यरत सञ्चारकर्मीका लागि पत्रकार संरक्षण कोष, लायन्स असहाय बाल कोष स्थापना लगायतका अन्य पवित्र उद्देश्यले महोत्सव आयोजना गरिएको बताए । समाजमा राम्रो काम गर्न नदिने तत्वहरु हावी भएका छन उनले भने यही कारणले समाजिक क्षेत्रको विकास पछि परेको छ ।

जग्गा किन्न,घर बनाउन,बैंक ब्यालेन्स गर्न हामीले महोत्सव गरेका होइनौं उनले भने पवित्र उद्देश्य बोकेर आयोजना गरिएको महोत्सवमा किन कुब्यदृष्टि लगाउनु । एनएस क्रियशन एण्ड इभेन्टस् प्रा.लि.को आयोजना र लायन्स क्लब अफ चितवन राइनो सिटी प्रचारक संस्थाको रुपमा रहेर रत्ननगर–४, शान्तिचोकस्थित खुलाचौरमा महोत्सव आयोजना गरिएको हो । महोत्सवको स्टल निर्माण,प्रचार प्रसार लगायत अन्य तयारीको काम अन्तिम चरणमा पुगेको छ । महोत्सवमा मन्दिर आकृतिको आर्कषक गेट बनाइएको छ ।

चितवनको कृषि र पर्यटनसंगै सामाजिक क्षेत्रमा योगदान पु¥याउने उद्देश्यले महोत्सव आयोजना गरिएको हो । सर्वसाधारणलाई एकै ठाउँबाट सर्वसुलभ सामग्री किनमेल गर्न महोत्सवमा ३०० वटा स्टल रहने संयोजक निरज श्रेष्ठले जानकारी दिए । महोत्सव अवधिभर शान्तिचोकमा फूड फेस्टिवल सञ्चालन गरिने छ ।

महोत्सवका अवसरमा अवसरमा विभिन्न सामाजिक अभियान सञ्चालन गरी सामाजिक कार्यमा योगदान गरेका अभियन्ताहरुलाई सम्मान गरिने लायन्स क्लब अफ राइनो सिटीका अध्यक्ष ओमलाल सापकोटाले जानकारी दिए । धार्मिक पर्यटनको प्रर्बधनको लागि महोत्सव अबलोकन गर्न आउनेलाई जिरौनामा रहेको श्रीकृष्ण मन्दिर धर्मधाम जिरौनाको अबलोकन गर्ने व्यवस्था मिलाइएको संयोजक श्रेष्ठले बताए । महोत्सबको साँस्कृति कार्यक्रम अन्तर्गत कलाकारहरु शिव परियार,मेलिना राई,बद्रि पंगेनी,राजनराज सिवाकोटी,प्रिती आलेमगर,बविता जेरी लगायतका कलाकारहरुको प्रस्तुती रहने छ ।