तेज विलासको ‘उद्वेग’

इच्छाकामना,८ मंसिर । साहित्यकार तेजविलास अधिकारीको दोस्रो हाइकु सङ्ग्रह उद्वेगको विमोचन गरिएको छ । इच्छाकामना ३ चुम्लिङ टारस्थित सिद्धार्थ रिसोर्टमा एक कार्यक्रमकाबीच विमोचन गरिएको हो ।
प्रमुख अतिथी नारायण प्रसाद अधिकारी अतिथिहरु प्रताप गुरुङ , गोबर्धन अधिकारी , एकराज शर्मा , कृष्णप्रसाद पोखरेल ,माधवप्रसाद खनाल र रेवती राम पोखरेलको बाहुली बाट संयुक्त रुपमा पुस्तक विमोचन गरिएको थियो ।

कृतिमाथि एकराज शर्मा र सुजन सापकोटाले समीक्षा गरेका थिए । अधिकारीले यसअघि पनि हाइकू संग्रह उच्चवाश प्रकाशनमा ल्याइसकेका छन् ।।कृष्णप्रसाद पोखरेल वाट शुभकामना कविता वाचन गर्नुकासाथै बधाई दिएका थिए । चितवनको इच्छाकामना ४ का तेजबिलास अधिकारी टियु अंतरगत संंस्कृत विश्वबिद्यालय को उप प्राध्यापक हुन्।
कार्यक्रम इश्वरविलास अधिकारीको अध्यक्षतामा सम्पन्न भएको थियो ।