स्लोभानियामा पहिलोपटक सेनाध्यक्षमा महिला

स्लोभानिया, १२ मंसिर ।   अमेरिकी गठबन्धन सेना नेटोमा आवद्ध स्लोभानियाको सेनाध्यक्षमा महिलालाई नियुक्त गरिएको छ । यो नियुक्तिसँगै नेटोको इतिहासमा पहिलो पटक महिला सेनाध्यक्षले सेनाको जिम्मेवारी सम्हाल्ने छिन् ।
५५ बर्षीया मेजर जनरल एलेंका एर्मेन्कले आजबाट पदभार सम्हाल्ने बीबीसीले जनाएको छ । सन् १९९१ मा सेनामा प्रवेश गरेकी एर्मेन्क कुशल कमाण्डरका रुपमा चर्चित छन् ।
सेनाध्यक्षमा नियुक्त भएलगत्तै सेनालाई सम्बोधन गर्दै एर्मेन्कले आफ्नो देशमा सैन्य चुनौती नरहे पनि सैन्य सुरक्षाका क्षेत्रमा अझै धेरै काम गर्नु आफ्नो दायित्व भएको बताएकी छन् । स्लोभानियाका राष्ट्रपति बोरुट पाखोरले सेनाध्यक्षका रुपमा एर्मेन्कले राम्रै काम गर्ने विश्वास ब्यक्त गरेका छन् ।