१७ वर्षीय किशोरलाई यौन दुर्व्यवहार गरेको भन्दै एक महिला पक्राउ

एजेन्सी– एक महिलालाई १७ वर्षीय किशोरसँग यौन दुर्व्यवहार गरेको भन्दै प्रहरीले पक्राउ गरेको छ। छोरासँग यौन दुर्व्यवहार गरेको भन्दै किशोरकी आमाले महिलाबारे प्रहरीमा उजुरी दिएपछि ती महिला पक्राउ परेकी हुन् । समाचारका अनुसार ती महिलाले गत वर्ष किशोरसँग विवाह भएको दावी गरेकी छन् । उनले आफू र किशोर बीच सहमतिमै विवाह भएको र सहमतिमै शारीरिक सम्बन्ध हुँदै आएको समेत बताएकी छन् । उनी पाँच महिनाकी बालिकाकी आमा हुन् ।

मुम्बइमा भएको उक्त घटनामा प्रहरीले किशोरकी आमाले दिएको उजुरीका आधारमा मुद्दा दर्ता गरेको बताएको छ । जसमा किशोरकी आमाले ति महिलाले आफ्नो छोरासँग यौन दुर्व्यवहार गरेको र फसाएको समेत आरोप लगाएकी छन् । किशोरकी आमाका अनुसार ति महिला परिवारका साथमा आफ्नो घरमा आएर छोरासँग विवाहका लागि कर गर्न थालिन् । आफूहरुले विवाह नहुने भनेपछि उल्टै आत्महत्या गर्ने धम्की दिइन् ।

ति महिलाले यसअघि दुईपटक विवाह गरिसकेकी र डिभोर्स पनि दिइसकेको किशोरकी आमाको दावी छ । ति महिलाले दिएको मानसिक दवावकै कारण आफ्नो छोरा १० कक्षामा असफल भएको किशोरकी आमाले बताइन् । किशोरसँग बस्न नदिएपछि ती महिलाले क्षतिपूर्तिका लागि अदालतमा मुद्दा दायर समेत गरेकी छन्।भारतमा केटाको २१ वर्ष र केटीको १८ वर्ष मुनि विवाह भएमा यस्तो विवाहलाई कानुनी मान्यता छैन ।