लियो सप्ताहलाई लक्षित फ्री सुगर र थाईराईड परिक्षण (फोटोफिचर)

आशिष उप्रेती
चितवन, मंसिर १५ । लायन्स क्लब अफ चितवन पर्सा, लियो क्लब अफ चितवन पर्सा र केयर पोलि क्लीनिकको संयुक्त्त आयोजनामा खैरहनी नगरपालिका वडा नम्बर १२ जनकपुर आधारभुत बिद्यालयको प्राङ्गणमा लियो सप्ताहलाई लक्षित गर्दै फ्री सुगर र ५० प्रतिशत छुटमा थाईराईड परिक्षण, निस्शुल्क दन्त शिबिर, ओपिडि सेवाहरु साथै नि ः शुल्क औषधी बितरण गरि बिशेषज्ञ डाक्टरहरुद्वारा चेक जाच गरि कार्यक्रम गरेको छ ।
दन्त शिविरमा फेमिली दन्त क्लीनिक रहेको थियो। धेरै मानिसहरुमा चिसो बढे सङ्गै दातमा देखिने समस्याहरु साथै सुगर र थाईराइड पनि हुने गरेकोले सो शिबिरको आयोजना गरिएको कार्यक्रमका संयोजक प्रभात वाग्लेले जानकारी दिनुभयो ।स्वास्थ्य परीक्षण गरि रोगहरुलाई न्युनिकरण गर्ने प्रोजेक्टको रुपमा सो शिविर फलदायि हुने केयर पोलि क्लीनिकका प्रोपाइटर भोला चौधरीले बताउनुभयो । सो शिविरमा ३ सय भन्दा बढीले सेवा लिएका थिए ।
कार्यक्रममा प्रमुख अतिथीको रुपमा टेकराज अधिकारी, विशिष्ट अतिथिमा जिल्ला ३२५ बि टुका एरिया ३ का एरिया को चिफ अञ्जन चौधरी र अतिथीमा केयर पोलि क्लिनिकका प्रोप्राईटर भोला चौधरी लगायतको उपस्थिति रहेको थियो ।
सन्दिप अधिकारीले सन्चालन गर्नुभएको कार्यक्रम लियो क्लव अफ चितवन पर्साका अध्यक्ष रुपेश भट्टको अध्यक्षतामा सम्पन्न भएको थियो ।