जेनेभा च्यालेञ्जको दोस्रो स्थानमा चितवनकी चेली सचिना (फोटोफिचर)

चितवन, १५ मंसिर । स्नातकोत्तर अध्ययनरत विद्यार्थीहरुको बहु आयामिक प्रतिस्पर्धाको रुपमा मानिएको जेनेभा च्यालेञ्ज २०१८ मा सहभागी चितवनको भरतपुर महानगरपालिका २ क्षेत्रपुरकी सचिना पौडेल दोस्रो हुन सफल भएकी छन् । गत बुधबार जेनेभामा सम्पन्न अन्तिम प्रतिस्पर्धामा उनी बंङ्गालादेशको ब्राक विश्वविद्यालयको टीमबाट एसिया महादेशको प्रतिनिधित्व गरेकी थिइन् । उनी ब्राक विश्वविद्यालयको ढाकामा एमपीएच अध्ययन गर्दैछन् ।


सन् २०१४ देखि प्रत्येक बर्ष आयोजना गरिने द एडभान्सिङ्ग डेभलप्मेन्ट गोल्स इन्टरनेशनल नामको उक्त प्रतिस्पर्धा विभिन्न विषयमा हुँदै आएको अन्तर्राष्ट्रिय स्तरको प्रतिस्पर्धा हो ।
उनी र उनको टीमले सहरीक्षेत्रमा हरियाली भन्ने विषयमा कार्यपत्र प्रस्तुत गरेका थिए । सचिना पौडलका अनुसार पी वान र पी टु गरि दुई मोडेलको उक्त प्रोजेक्ट परिचालनको लागि मोवाईल एप्स समेत विकास गरिएको र सहरमा उत्पादन हुने फोहर व्यवस्थापनलाई समेत साथसाथ लगिएको छ । प्रोजेक्टमा बंगालादेशको ढाका सहर जस्तै बढी जनघनत्व भएका र खेतीको लागि जमिन नभएका सहरी क्षेत्रमा घरको रुफटप अर्थात ढलान छानाको प्रयोगबाट तरकारी उत्पादन गर्ने र त्यसको बजारीकरण समेत गरिएको छ ।
द जेनेभा च्यालेञ्ज नाम दिइएको यस प्रतिस्पर्धा कोफे अनान फाउण्डेशन, द ग्राजुयट इन्स्टिच्यूट जेनेभा, सेन्टर फर इन्टरनेशनल इन्भाईरोमेन्ट स्टडिज र एसडीएसएन युथकोसमेत सहभागीता रहेको उक्त प्रतियोगिता विश्वभरका स्नातकोत्तर तहमा अध्ययनरत विद्यार्थीहले तीन देखि पाँच जनाको समूह बनाएर प्रतिस्पर्धामा भाग लिन सक्ने व्यवस्था छ । २०१४ देखि शुरु भएको यो प्रतिस्पर्धा यस पटक सैद्धान्तिक बिषय संगै त्यसको व्यवहारिक प्रयोग सम्बन्धमा प्रोजेक्ट बनाएर पेश गर्नु पर्ने हुन्छ । अन्तर्राष्ट्रिय विकास समस्यालाई व्यावहारिक समाधान प्रदान गर्नको लागी नयाँनयाँ अनुसन्धानको लागि यो एक अन्तरक्रियात्मक कार्यक्रमको रुपमा लिइन्छ ।

यस पटकको प्रतिस्पर्धाको लागि विश्वका विभिन्न विश्वविद्यालयमा स्नतकोत्तर पढ्दै गरेका विद्यार्थीबाट लिइएको आवेदनमध्ये छनोट गर्दै अन्तिम प्रतिस्पर्धाको लागि सबै महादेशको प्रतिनिधित्व हुने गरि एक एक टीम गरि पाँच वटा टीमलाई अन्तिम प्रतिस्पर्धा गराउने प्रचलन रही आएको छ । एसिया, युरोप, अफ्रिका, दक्षिण अमेरिका र उत्तर अमेरिका एवं ओसियन क्षेत्र गरि पाँच टीमलाई अन्तिम प्रतिस्पधि बनाउने प्रचलन छ ।
जेनेभा च्यालेञ्ज नाम दिइएको यस प्रतिस्पर्धा विश्वभर समस्याको रुपमा रहेको मौसम परिवर्तन अर्थात क्लाईमेट चेञ्जको बारेमा थियो ।
सम्बन्धित विषयको एक सान्दर्भिक समस्या र त्यसको बहुपक्षीय असर त्यस विषयको लिखित विषयबस्तु, ग्राफिक्स, सैद्धान्तिक व्यवहारिक र विभिन्न कोणबाट विश्लेषण, प्रस्तुति र नविनतम प्रस्ताव छनोट गरि कम्तिमा दुई फरक शास्त्रीय पृष्ठभूमि, दृष्टिकोण र जलवायु परिवर्तन को चुनौतीहरू देखि यसको समाधान सान्दर्भिक सामाजिक राजनीतिक वा आर्थिक समस्या व्यावहारिक समाधानसमेत प्राजेक्टको विषय बस्तु बन्नु पर्ने हुन्छ ।
आफुले प्रस्तुत गरेको प्रोजेक्टको संञ्चालन पद्धती, त्यसको लागि आवस्यक तालिम, विगतका सिकाई, अनुभव, प्रक्रिया वा प्रविधिबारेमा संष्लेषणात्मक प्रतिवेदन समेत तयार पार्नु पर्ने हुन्छ । संयुक्त राष्ट्र तथ्याङ्क सूचीमा आधारित अन्तिम पाँच प्रतिस्पधीलाई पुरस्कृत गर्ने गरिन्छ ।
बढीमा आठ हजार शब्दमा आफ्नो प्रोजेक्टको बर्णन गरिएको र त्यसमा गरिने क्रियाकलापलाई उतारिएको हुनुपर्ने प्रावधान थियो । नोट, ग्राफिक्स तयार पार्दा अंग्रेजी र फ्रेञ्च लिपी र भाषाको प्रयोग हुनुपर्ने प्रावधान छ । प्रतिस्पर्धिहरुसंग पटक पटक अनलाईन माध्यमबाट अन्तरवार्ता, कार्यपत्रको बारेमा थप जिज्ञासा टिप्पणी गर्दै चरणवद्ध रुपमा पाँच अन्तिम प्रतिस्पर्धीको छनोठ गर्ने गरिन्छ ।
अन्तिम प्रतिस्पर्धिहरु संग उनीहरले मूल्याँकन टीम (जुरी) संग आफ्नो विषय बस्तुको बारेमा संक्षिप्त कार्यपत्र प्रस्तुत गर्नुको साथै जुरीले सोधेका प्रश्नको उत्तर दिनु पर्नेहुन्छ ।
सचिनाका आमा शान्ता अधिकारी नेपाल पत्रकार महासंघ चितवनकी उपाध्यक्ष हुन भने बाबु चिन्तामणि पौडेल नेपाल पत्रकार महासंघका केन्द्रीय सभासद हुन्। अभिभावक द्वयका अनुसार सचिना बाल्यकाल देखिनै पढाईसंगसंगै अन्य बाह्य वौद्धिक क्रियाकलापमा समेत सक्रिय हुन्थिन ।