चितुवाको आक्रमणबाट बालकको मृत्यू

उज्वल पौडेल
तनहुँ १५ मंसिर । शनिबार साँझ चितुवाको आक्रमणबाट एक जना वालकको मृत्यू भएको छ। तनहुँको भानु नगरपालिका वडा नं. २ ढल्केबरका १० बर्षिय अमृत गुरुङ्गको चितुवाको आक्रमणबाट मृत्य भएको हो ।
साँझ ६ बजे खाना खाएर हात धुन आगनमा र निस्केका गुरुङ्गलाई चिुतवाले आक्रमण गरि घाइते बनाएको र उपचारको क्रममा लक्ष्मि अस्पताल डुमेमा मृत्यू भएको स्थानीय नवराज पौडेलले बताउनु भयो ।
चितुवाको आक्रमणबाट वालिकाको मृत्यू भएपछि जंगलमा चिुतवा खोजन नेपाल प्रहरी र शशस्त्र प्रहरी परिचालन गरिएको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रमुख सिद्विविक्रम शाहले बताउनु भयो ।
यस अघि पनि नरभंक्षी चितुवाको आक्रणबाट सोही नगरपालिकामा एक महिनाको विचमा ३ जना वाल वालिकाको ज्यान गएको छ।भने एक जनालाई घाइते बनाएको थियो ।
चितुवाको आक्रमबाट वालवालिको मृत्यू हुने क्रम नरोकीएपछि स्थानीयहरु त्रसित बनेका छन् ।