अस्पताल बाट चितवनका मनोजले गरेजीवन रक्षाका लागि अपिल

टोक्यो डिसेम्बर १ । चितवन राप्ती नगरपालिका ७ बस्ने २१ बर्ष का मनोज निउरे बोन म्यरो को समस्याले भारत को एपोलो अस्पतालमा उपचार गराउदै ।अस्पतालको बेडबाट आफ्नो जीवन रक्षा का लागि सबैमा अपिल गरेका छन् ।

राप्ती नगरपालिका ७ बस्ने २१ बर्षीय मनोज निउरे २०१७ को अक्टोबर सेसन मा फुकोका को कुरुमे इन्टरन्यासनल स्कुलमा बिद्यार्थी भिजामा आई पढाईको क्रममा अचानक पेट दुखी अस्पताल १७ दिन भार्न उपचार गराई उपचार को क्रममा रेख देख गर्ने मान्छे नभएको हुँदा २०१८ को १७ तारिक नेपाल लगिएको दाजु किस्न निउरे ले जानाकारी दिए ।

नेपालमा केही ठाउँमा उपचार गराउदा केही नदेखिएकोले भारत को एपोलो अस्पतालमा उपचार को लागि लगिएको उपचार गराउँदा आजको दिन सम्म ६० लाख को हाराहारीमा खर्च भैसकेको र अहिले उपचारको क्रममा बोन म्यरो फेर्नु अस्पताल स्रोतले भने अनुसार ठुलो रकम लगभग १ करोड आवस्यक पर्ने अस्पताल स्रोतले परिवार लाई जानकारी दिएको छ ।

यती ठुलो रकम खर्च भैसकेको हुँदा फेरी बोन म्यरो फेर्नुपर्ने देखिएकोले १ करोड को हाराहारीमा खर्च हुने हुँदा सबै देश तथा बिदेशमा रहनुहुने सहयोगी मनहरु संघ–सस्था हरुलाई उपचार को लागि आर्थिक सहयोग गरी मनोज निउरे को जीवन रक्षा गरिदिनुहुन दाजु किस्न निउरे लगाएत सम्पूर्ण परिवार ले सहयोगको हार्दिक अपिल गरेकाछन् ।

दाजु किस्न निउरे को अनुसार जापानमा रहनुहुने सहयोगी मन हरुलाई निउरे देबी प्रसाद जेपी बैंक को अकाउन्ट नम्बर १०३२०–०८९३१५८१ मा नेपाल को लागि गंगा प्रसाद निउरे एभरेस्ट बैंक को अकाउन्ट नम्बर ०२५१०५२५२००१९१ मा सहयोग रकम हरु जम्मा गरिदिनु अनुरोध गर्नु भएकोछ ।