यसरी कमायो सात वर्षको बच्चाले दुई अर्ब ४७ करोड !

१८ मंसिर । सात वर्षको एउटा बच्चाले कति कमाउन सक्ला ? तपाईं भन्नुहोला कि यति सानो उमेरमा बच्चाले के नै काम गर्न सक्लान् ?

तर रेयान नामका सात वर्षे बालक युट्युबमा खेलौनाको रिभ्यु गर्छन् र यसको बदलामा उनका आमा–बुवाले राम्रो पैसा कमाइरहेका छन् ।

रेयानले गत वर्ष ११ मिलियन डलरको कमाई गरेका थिए जुन अहिले बढेर २२ मिलियन डलर (दुई अर्ब ४७ करोड रुपैयाँ) भएको छ ।

युट्युबमा रेयानको भिडियो करोडौंले हेर्छन् । रेयान ट्वेजरिभ्यु नामबाट एउटा युट्युब च्यानल चलाउँछन् ।बीबीसी