निलकण्ठ शिव मन्दिरमा महायज्ञ हुने

प्रकाश सिग्देल
चितवन, मंसिर १८ । श्री निलकण्ठ शिव मन्दिर भरतपुर महानगर १२ नवरत्न टोलले श्रीमद्भगवदगीता ज्ञान विज्ञान महायज्ञ आयोजना गर्ने भएको छ ।
यहि मंसिर २६ गते देखी पुष ३ गते सम्म महायज्ञ आयोजना गर्ने तयारी गरेको आयोजकले बताएका छन् ।
२६ गते विवाह पञ्चमीदेखि पुष ३ गते गीता जयन्तीसम्म पूर्वीय दर्शनका प्रखर व्याख्याता युवा सन्त चैतन्य कृष्ण गुरु जि महाराजको मुखारबिन्दुबाट प्रवचन हुने मन्दिरका अध्यक्ष चन्द्रलाल राजभण्डारी बताउनु हुन्छ ।
त्यहा रहेको शिव मन्दिरको कलात्मक पुनर्निमाण संगै सामाजिक सदभाव एकता र विकासको महान उदेश्यका साथ आयोजना भएको महायज्ञमा सहभागि भई तन मन, धन र बचनले सहयोग गर्न उहाको आग्रह छ ।
२६ गते विहान ८ बजेदेखी शोभायात्रा हुने त्यसपछि उद्धघाटन सत्र र अरु दिन नियमित प्रर्वचन तथा भजन कृतन, आरती हुने उहा बताउनु हुन्छ ।

मन्दिरले यस अघि पनि महायज्ञको आयोजना गरि मन्दिरका लागी आवश्यक थप जग्गा खरिद गरिसकेको छ ।
मन्दिरको विकासका लागी चैतन्य कृष्ण गुरुजी महाराज तन मन धन र वचनका साथ लागी पर्नु भएको राजभण्डारी बताउनुहुन्छ । महायज्ञको तयारीका लागी मन्दिर सफाई गर्ने काम भईरहेको छ भने मन्दिरमा हरेक दिन नियमित पुजा आरधना तथा भजन कृतन हुदै आएको छ ।