नगरपालिकाद्वारा धान्यान्चललाइ १ लाख सहयोग

राप्ती,१८ मंसिर । पुर्वी चितवनको राप्ती नगरपालिकाले धान्यान्चललाइ एक लाख १ सय ११ रुपैया सहयोग गर्ने बताएको छ । राप्ती नगरपालिका वार्ड नम्बर २ कुपन टोलमा आयोजित श्री मदभागवद तथा धन–धान्यान्चललाइ सम्बोधन गर्दै नगर प्रमुख प्रभा बरालले नगरपालिकाको तर्फ बाट सो रकम सहयोग गर्ने बताउनु भएको हो । सो कार्यक्रमलाइ सम्बोधन गर्दै नगर प्रमुख प्रभा बरालले सत्य बोल्ने मानिसलाइ कहिल्ले रोग नलाग्ने बताउनु भयो । त्यस्तै कार्यक्रमलाइ सम्बोधन गर्दै उप प्रमुख इमान सिंह लामाले कमाएर भन्दा पनि सहयोग गरेर आनन्द महसुस गर्ने सकिने बताउनु भयो । कार्यक्रममा नगर प्रमुख प्रभा बराल , उपप्रमुख इमान सिङ लामा , प्रमुख प्रशासकिय अधिकृत मिठाराम हुमागाइ लगाएत वडा अध्यक्ष , सदस्यहरुको उपस्थिति रहेको थियो ।