सहिद स्मृति मावीको महायज्ञ : यस्तो हुदैछ तयारी

भरतपुर मङ्सिर १९ । सहिद स्मृतिको बृहत धनधान्याञ्चल महायज्ञ नजिकिदै जादा जन–प्रतिनिधि र सरकारी कार्यालयलाई पत्राचार अन्तिम चरणमा पुगेको छ । बिद्यालयका शिक्षक र मूल समारोह समितिको सक्रियतामा स्थानीय, प्रदेश र केन्द्रका लागि चितवनका विभिन्न क्षेत्रबाट निर्वा्चित जनप्रतिनिधिलाइ महायज्ञ अबलोकनको आग्रह सहित पत्र पठाइएको हो । जनप्रतिनिधि र आम सर्बसाधारणको सक्रियता बिना महायज्ञ सफल हुन नसक्ने महायज्ञ मुल समारोह समितिका संयोजक बिष्णु प्रसाद तिवारीले बताए । उनले सबै क्षेत्रको तिब्र सक्रियता बढेको भन्दै आफुहरुलाई उत्प्रेरणा मिलेको जानकारी दिए ।
आफ्नो क्षेत्रको शैक्षिक क्षेत्रको विकासको लागि सबैले हातेमालो गर्दा आफुहरुलाई सहज भएको बिद्यालयका प्रधानाध्यापक दिपेश पौडेलले बताए । उनले सबै उपसमितिले आफ्नो आफ्नो जिम्मेवारी कुसलतापुर्वक संचालन गरेको भन्दै मुक्त कण्ठले प्रसंशा गरे । ‘हरेक घर,हरेक सस्था एक सम्मान’ भन्ने नारा सहित अभियान कै रुपमा तयारीलाई तिब्र पारिएको छ । महायज्ञलाई सफलतापुर्वक सम्पन्न गर्न गठित भएका सचिवालय र उपसमितिमा रहेका सदस्यलाइ १ व्यक्ति कम्तिमा १ दाता पहिचानको लागि आग्रह गरिएको उनले जानकारी दिए ।
स्वर्ण महोत्सबको अबसरमा आफ्ना भाबि सेवालाई समय सापेक्ष गुणस्तरिय एवं प्रभाबकारी बनाइ बिद्यालयको भौतिक संरचना निर्माण गरि कक्षा ११÷१२ र प्राबिधिक शिक्षाका कक्षा संचालनका लागि आर्थिक संकलन गर्न महायज्ञ आयोजना गर्न लागिएको हो ।
पौष ५ गते देखि १३ गते सम्म संचालन हुने महायज्ञको भागवत पारायण तथा कथा बाचन युवा पण्डित बालकृष्ण अर्यालले गर्ने छन । ४ करोड ५० लाख आर्थिक संकलनको लक्ष्य राखिएको सो महायज्ञ सम्पन्न गर्न ४० लाख लागतलाग्ने अनुमान छ । भरतपुर ६ पारसनगरमा रहेको बिद्यालयमा भुकम्प प्रतिरोधी भौतिक संरचना र खेल मैदानको चरम अभाबका कारण दैनिक काम गर्न अफ्ट्यारो छ ।