अरुणोदय कलेजमा नेविसंघको कमिटि गठन प्रति अनेरास्ववियुको असन्तुस्टी

भरतपुर मङ्सिर १९ । नेपाल बिद्यार्थी संघ अरुणोदय कलेजले आफ्ना कमिटि सदस्यलाइ कमिटीमा राखेको भन्दै अनेरास्ववियु अरुणोदयले बिरोध जनाएको छ । आज(बुधवार ) अनेरास्ववियु अरुणोदयले एक बिज्ञप्ति जारि गरि नेविसंघको सो काम प्रति भ्रत्सना गरेको हो ।

अनेरास्ववियु अरुणोदय क्याम्पस कमिटिका अध्यक्ष रवि सुबेदीले हस्ताक्षर गरेको बिज्ञप्तिमा अनेरास्ववियु कमिटिको सदस्यको रुपमा काम गर्दै आएका अर्जुन ढकाल र सुभचिन्तक शंकर कोइरालालाइ जानकारी बिना सदस्य बनाएर कमिटि गठन गरेको आरोप लगाएको छ । अनेरास्ववियुले यस्ता झुटा कुराको पछि नलाग्न आग्रह समेत गरेको छ ।  

उता नेपाल बिद्यार्थी संघ अरुणोदय कलेजले लोकतन्त्रमा आस्था राख्ने बिद्यार्थीलाइ सदस्य बनाएको बताएको छ । यस अघिको कमिटिमा भएका बिद्यार्थीलाइ नै निरन्तरता दिएको नेविसंघको दाबि छ । केहि दिन अघि नेविसंघले कमिटि गठन गरेपनि केहि कमिटीकै सदस्यले ब्यापक छलफल बिना कमिटि बनाएको भन्दै असन्तुस्टी जनाएका थिए ।