३ नम्बर प्रदेश सरकारले विद्युतिय बस सञ्चालनमा ल्याउने

हेटौंडा, १९ मंसिर । ३ नम्बर प्रदेश सरकारले बिद्युतिय बस सञ्चालनको प्रकृया तत्काल सुरु गर्ने भएको छ । प्रदेश सरकारले साझा यातायात सहकारी संस्था लिमिटेड र काठमाण्डौ महानगरपालिकाका संगको सहकार्यमा संचालनमा ल्याउने भएको हो ।
बुधबार ३ नम्बर प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेल, आर्थिक मामिला तथा योजना मन्त्री कैलाश ढुंगेल, ३ नम्बर प्रदेशका निति तथा योजना आयोगका उपाध्यक्ष डा. खिमलाल देवकोटा, काठमाण्डौ महानगरपालिकाका मेयर बिद्यासुन्दर शाक्य, साझा यातायातका अध्यक्ष कनकमणि दिक्षित सहित हेटौंडामा हेटौंडामा भएको बैठकबाट विद्युतिय बस खरिद गरेर संचालन गर्ने जानकारी गराईएको थियो ।
प्रदेश सरकारले यसै आर्थिक बर्षमा ३० करोड रुपैयाँ सम्म खर्च गर्ने र र काठमाण्डौ महानगरपालिकाले १० करोड रुपैयाँ बराबरको बिद्युतिय बस खरिद गरेर संचालन गर्ने योजना गरेको छ । प्रदेश सरकारले बिक्रम सम्बत् २०८५ सम्ममा काठमाण्डौ उपत्यकासहित चितवन, हेटौंडा, बनेपा, धुलिखेल, पनौतीमा पेट्रोलियम पदार्थबाट सञ्चालन हुने सवारी साधन विस्थापित गर्ने निति अनुरुप विद्युतिय बस सञ्चालनको तयारी गरिएको मुख्यमन्त्री डोरमणि पौडेलले जानकारी दिनुभयो ।
नमुनाको रुपमा यस बर्ष ३० करोड रुपैयाँ बराबरको विद्युतिय बस खरिद गर्न लागेको उहाँको भनाई थियो । आर्थिक मामिला तथा योजना मन्त्री कैलाश ढुंगेलले प्रदेश सञ्जाल जोडिने गरी विद्युतिय बस सञ्चालन हुने बताउनुभयो ।
सरकारी लगानीको संस्था भएकोले पनि साझा यातायात संग सहकार्य हुने उहाँको भनाई थियो । काठमाण्डौ महानगरपालिकाका मेयर बिद्यासुन्दर शाक्यले  बस खरिदका लागि १० करोड रुपैयाँ छुट्याएको भन्दै साझा यातायात संगको सहकार्यमा बस खरिद गरेर चलाउन लागिएको बताउनुभयो ।
साझा यातायातका अध्यक्ष कनकमणि दिक्षितले काठमाण्डौका लाखौ यात्रुले यातायातमा समस्या खेपिरहेकोले साझा यातायातले धेरै राहत दिएको बताउनुभयो । अझैपनि यो समस्या कायम रहेको भन्दै साझामार्फत चल्ने बसको संख्या र सुविधा बढाउनुपर्ने बताउनुभयो ।

छलफलमा प्रदेशका प्रमुख सचिब आनन्दराज ढकाल, प्रदेश सांसद दीपक निरौला, प्रदेश योजना आयोगका उपाध्यक्ष डा. खिमलाल देवकोटा, सदस्य श्याम बस्नेत, साझा यातायातमा प्रतिनिधित्व गर्ने काठमाण्डौ महानगरपालिकाका कानुन महाशाखाका प्रमुख वसन्त आचार्यको पनि उपस्थिति थियो

Leave a Reply

Your email address will not be published.