सन्नी लियोनी भन्छिन् : ‘म राम्रो मान्छेको खोजीमा छु’

एजेन्सी, २० मंसिर ।  अभिनेत्री सन्नी लियोनी २०१३ मा अमेरिकी पोर्न इन्डस्ट्रीलाई ‘अलबिदा’ भन्दै बलिउडतिर हाम फालिन् । तर, आफ्नो फिल्मी करियरबाट खासै खुशी नभएकी उनी अब राम्रो कहानीका लागि राम्रै मान्छेको खोजीमा रहेको बताउँछिन् ।

३७ वर्षीया सन्नीले एक कुराकानीमा भनेकी छन्, ‘मेरो मन अब राम्रो कहानीमा छ । म सबै प्रकारका फिल्ममा काम गर्न चाहान्छु । मेरो लागि सबैभन्दा ठूलो समस्या भनेको राम्रो मान्छेको खोजी गर्नु हो । र, म राम्रो मान्छेको खोजी गरिरहेकी छु ।’

सन्नीलाई ६ वर्षपछि लाग्दैछ कि, उनलाई ठूला–ठूला सपना देखाएर बलिउडमा भित्र्याउने नै धेरै हावा भए । पछिल्लो समय सन्नीले आफ्नो जिन्दगीमा आधारित वेबसिरिज बनाईन् । र, उनी आफैं त्यसमा अभिनय गर्दै देखिइन् ।

तर, वेबसिरिज फ्लप रह्यो र अब सन्नी पति डेनियल वेबरका साथमा आफ्ना तीन बच्चा (काख लिएकी छोरी निशा र सरोगेसीबाट जन्मिएका सन्तान नोह तथा अशेर) को पालन–पोषणमा व्यस्त छिन् । तरपनि उनले बउिडमा चम्किने खालको अपेच्छा छोडेकी छैनन् र आफ्नो ध्यान राम्रो कहानीमा लगाउँदै छिन् ।

कन्नडामा जन्मिएर अमेरिकामा पोर्न करियर बनाएकी सन्नीलाई बलिउडमा ७–७ वर्ष बिताएपछि सही मान्छेको साथ आवश्यक रहेको महशुस हुन्छ । सन्नीले भनिन्, ‘मैले पहिले जोसँग काम गरेँ र जसले मलाई ठूलो सपना देखायो । जुन र तारासम्म पुर्याउने भनेर सपना देखाए । तर, त्यही मान्छेले मलाई लिएर राम्रो फिल्म बनाउन सकेन । मैले उनीहरुसँग बाचा गरेभन्दा राम्रो मैले आफ्नो प्रस्तुती दिएँ । त्यैपनि उनीहरुले राम्रो काम गर्न सकेनन्’

सन्नीले ‘जिस्म २’ ‘रागिनी एमएमएस–२’ जस्ता दुई फिल्म सफल दिएकी छन् भने बाँकी ’ज्याकपोट’, ’एक पहेली–लीला’, ’कुछ कुछ लोचा है’, ’मस्तीजादे’, ’वन नाइट स्टेण्ड’ ’बेईमान लभ’, र ’तेरा इन्तजार’ जस्ता लगातार आधा दर्जन फिल्म फिल्म दिएकी छन् । अहिले उनलाई हिरोइनका रुपमा फिल्मको अफर आएका पनि छैनन् ।