एसिया प्यासिफिक समिटमा आफूले पाएको पदक जायज भएको प्रधानमन्त्री ओलीको दाबी

काठमाडौं,२० मंसिर । प्रधानमन्त्री केपी शर्मा ओलीले एसिया प्यासिफिक समिटमा आफूले पाएको पदक जायज भएको दाबी गरेका छन् ।

एसिया प्यासिफिक समिटमा प्रधानमन्त्रीको सहभागितालाई लिएर बिबाद भइरहेको बेला प्रधानमन्त्री ओलीले आफूले जवाफ दिँदा थला पर्न सक्ने भन्दै आफूसँग वादविवाद गर्नुअघि एकपटक सोच्न बुद्धिजीवीहरुलाई चेतावनीसमेत दिए।

क्रिश्चियन धर्मसँग जोडिएको विवादास्पद संस्थाले गरेको सम्मेलनमा उनी सहभागी भएको भन्दै चर्को आलोचना भएको थियो । तर, प्रधानमन्त्री ओलीले भने कार्यक्रम धर्म प्रचारसँग सम्बन्धित नभएको बताएका छन् ।

सरकारकै भत्ता खाने, सुविधा लिने र गैरजिम्मेवार ढंगले बोल्ने एउटा र गोपनीयताहरूको वास्ता नगरी अत्यन्त अनुत्तरदायी र झुटो प्रचार गर्ने प्रवृत्ति देखिएको भन्दै भन्दै सरकारमा बसेर बिरोध गर्ने र पार्टीका नेताहरुलाई जवाफ दिइरहन आबश्यक नरहेको उनले वताए । एसिया प्यासिफिक सम्मेलन ठूलो स्केलको सम्मेलन भएको र ४५ देशका मानिसहरु आएको भन्दै उनले खुसी व्यक्त गरे ।

Leave a Reply

Your email address will not be published.