चितवनमा सार्वजनीक यातायातमा डष्ट बिन अनिवार्य, नराखे जरिवाना

केदार शर्मा
चितवन, मंसिर १९ । सार्वजनीक स्थलमा हुने गरेको फोहोरलाई विगत १ सय ३५ हप्तादेखि निरत्तर सफाई गर्दै आएको वे ग्रुपले ल्याएको नया अभियान अनर्तगत सार्वजनीक यातायातमा डष्टबिन कार्यक्रम लागु हुन थालेको छ ।

वे ग्रुपले जिल्ला ट्राफिक कार्यलय चितवन र स्थानीय सरकारको सहयोगमा सार्वजनीक यातायातमा अनिवार्य डष्टबिन राख्न आग्रह गरेको छ ।
जस अनर्तगत बिहिबार चितवनको राप्ती नगरपालिकाको लोथरमा चितवन प्रवेश गर्ने तथा चितवनबाट बाहिरी जिल्लामा जाने बसहरुमा डष्टबिनको उपयोग र यसको प्रयोग बारे जानकारी दिईएको छ ।
राप्ती नगरपालिका र ट्राफिक प्रहरीको उपस्थितमा वे ग्रूपले सडकमा जथाभावी फोहोर गर्ने गरेको गरेमा कारबाही हुने जानकारी सहित बसहरुमा डष्टबिन राखिएको वे ग्रुपका अभियानता राजु सेढाईले जानकारी दिए ।

सवारी साधनमा चड्ने व्यक्तिले राजमार्ग क्षेत्रहरुमा अत्याधिक मत्रामा फोहोर फ्याक्ने गरेको पाईए पछि वे ग्रुपले यो अभियान सञ्चालन गरेका अभियानता दीपक गौतमले बताए ।
ग्रुपले नया अभियान स्वरुप सबै सवारी साधनमा डष्टबिन राख्ने कार्यक्रम सुरु गरेको छ यस अभियानमा जिल्ला ट्राफिक प्रहरी कार्यलय चितवन र सम्बन्धित स्थानीय निकाएको सहयोग मिल्ने गरेको छ ।

पहिलो चरण अनर्तगत चितवनमा विगत २ साता देखि जिल्लाबाट चल्ने लामो तथा छोटो दूरीका सार्वजानिक यातायातमा फोहोर व्यवस्थापनका लागि अनिवार्य डष्टबिन राख्न आग्रह गरिएको जिल्ला ट्राफिक कार्यलय चितवनका प्रमुख बेद गौतमले जानकारी दिए ।
राजमार्गमा यात्रुले बमिट (उल्टी) गरी सडक फोहोरै फोहोर भएका कारण सडकलाई सफा बनाउन यो अभियान चलाउन आवश्यक देखिएका वे ग्रुपका संयोजक भोजनारायण कडेंलले जानकारी दिए ।

ट्राफिक प्रमुख गौतमका अनुसार प्रत्येक चेकपोष्टमा डष्टबिन सवारीमा भएको नभएको अनुगमन हुन्छ, डष्टबिन राखेको पाइएन भने अनिवार्य कारबाही हुन्छ । सवारीमा डस्विन अभाव हुदा राजमार्गमा फोहोरै फोहोर हुँदा सडक दुर्घट्ना बढ्न सक्ने अवस्था भएपछि बसहरुमा डष्टबिन राख्ने अभियानलाई बिशेष प्रथमिक्ता दिईएको हो ।