लैंगिक हिंसा विरुद्धको १६ दिने अभियानमा सामुदायिक वन उपभोक्ताको र्याली र कोणसभा

चितवन, मंसिर २० । चितवनमा सामुदायिक वन उपभोक्ता महासंघ नेपाल, चितवनको आयोजनामा लैंगिक हिंसा विरुद्धको १६ दिने अभियान बृहत र्यली तथा कोण सा सम्पन्न भएको छ ।

सामुदायिक वन उपभोक्ता महासंघ नेपाल चितवनको कार्यक्षेत्रमा हुने लैंगिक हिसाको अन्त्यका लागि “लैगिक हिंसा र दुर्व्यवहार स् छैन हामीलाई स्वीकार” भन्ने नारासहित मालपोतचोकबाट सुरु भएको र्याली चौविसकोठीमा आई सभामा परितण भएको थियो ।

सभामा बोल्दै कार्यक्रमकी प्रमुख अतिथि तथा सामुदायिक वन उपभोक्ता महासंघ नेपालका कार्यसमिति सदस्य शान्ता न्यौपानेले महिलामाथि हुने हरेक हिंसाको विरुद्ध सबै जुट्नुपर्नेमा जोड दिनुभयो ।
उहाँले महिलामाथि विभिन्न प्रकृतिका हिंसा हुने जसलाई सामान्य पहुच भएका महिलाले सहेर बसेकाले यस्ता कार्यक्रमले उनीहरुको आवाजमा बुलन्दी ल्याएको बताउनुभयो ।

१६ दिने लैंगिक हिंसा विरुद्धको अभियान भने अमेरिकामा सन् १९६० नोबेम्बर २५ का दिन डोमी निकन रिपब्लिका शहरमा बस्ने ३ दिदि बहिनीलाई राजनीतिक कार्यक्रममा सहभागी भएको कारणले सामुहिक हत्या गरेकाले महिलामाथि भएको अन्यायविरुद्ध आवाज उठाउने लक्ष्यले अभियानको सुरुवात भएको बताउनुभयो ।
डिसेम्बर १० का दिन मानवअधिकार सिदवसको सन्दर्भ पर्ने हुँदा महिलामाथिका अत्याचारको पनि आवाज उठ्ने आशाका साथ अभियानको अन्तिम दिन यस दिनलाई मानिदै आएको न्यौपानेले बताउनुभयो ।

कार्यक्रममा बोल्दै महासंघका जिल्ला अध्यक्ष भरत ढुगांनाले समाजमा हुने हिंसाका घटनाले सामाजिक खिण्डन , पारिवारिक विचलन निम्ताउने हुँदा यसको अन्त्य गर्न महिला मात्र जागरुक भएर नहुने र यसको अन्तका लागि महिला पुरुष दुवैको समान सहभागिताको खाँचो औल्याउनुभयो ।

चितवनमा सामुदायिक वन उपभोक्ता महासंघ नेपाल, चितवनका अध्यक्ष भरत ढुगंनाको अध्यक्षतामा सम्पन्न कार्यक्रममा उपाध्यक्ष पुस्तक गौतमले स्वागत मन्तव्य व्यक्त गरेका थिए । भने कार्यक्रममा महासंघका प्रदेश अध्यक्ष विनोद सापकोट,डिभिजन वन कार्यालय चितवनका कृष्ण अधिकारी लगायतले बालेका थिए । कार्यक्रममा विभिन्न महिला संजाल, सरकारी तथा गैरसरकारी कार्यालयका प्रतिनिधि, राजनैतिक दलका प्रतिनिधि लगायतको उपस्थिति रहेको थियो ।