देवघाटमा सत्वीज छरियो

चितवन, २० मंसिर । मार्ग कृष्ण चतुर्दशीका दिन पबित्र तीर्थस्थल देवघाटधाममा सत्बीज छर्ने भक्तजनहरुको भीड लागेको छ ।
यस वर्ष बिहीबार परेको यस पर्वमा बिहानै स्नान गरेर ‘सतविज’ छर्ने चलन अनुशार देवघाटको वणी संगमस्थलमा बिहानैदेखि भक्तजनहरुको घुइचो लागेको थियो । यस दिनको विशेष महत्व भनेको ’सतविज’ छर्नु हो । मसिंर कृष्ण चर्तुदशीको यस विशेष दिन नै वाला चतुर्दशी हो र मृत्यूवरण गरेका पितृहरुको मोक्षयात्राका लागि यस दिन अत्यन्त महत्पूर्ण दिनका रुपमा लिइन्छ ।
सतविजमा अन्नहरुमा धान, गहुँ, मास, मुगी, कागुन र सामा मिलाईएको सप्तधानायूक्त शतविज र विभिन्न प्रकारका फूलहरु रहने गर्दछ । सतविज छर्नका लागि चर्तुदशीभन्दा एकदिन अगाडिनै अर्थात त्रयोदशीकै दिन राती जाग्राम बसेर दिप प्रज्वलन गर्दै अनि भजन किर्तन गर्दै आँखा झिमिक्क नपारी भोलीपल्ट विहानै स्नान गरेर चोखोनितो गरी सतविज भर्ने गरिन्छ । यसरी पृथ्वीलोकमा छरिएको सतविज पितृहरुको लोकमा गएर अंकुरण हुने र यिनै विजहरूका कारणले पितृहरु कहिल्यै भोकै बस्न नपर्ने मान्यता रहेको छ ।
देवघाट क्षेत्र विकास समितिका कार्यकारी निर्देशक धिरेनबाबु घिमिरेका अनुसार देवघाटमा सत्बीज छर्न जाने भक्तजनाहरुको सुविधाका लागि वेणी संगमस्थलमा बत्तीको व्यवस्था गरिएको थियो । सो क्षेत्रमा सुरक्षा व्यवस्था मजबुत पार्नका लागि चितवन तथा तनहूँका प्रहरीसँग समन्वय गरेर काम अगाडि बढाइएको घिमिरेले बताए ।