सहिद स्मृति मावी पारसनगरको महायज्ञ नजिकिदै जादा तयारीको समिक्षा

भरतपुर, मङ्सिर २० । सहिद स्मृति मावी पारसनगरको महायज्ञ दिन नजिकिदै जादा तयारीको समिक्षा गरिएको छ । आज बिद्यालयमा बसेको उपसमिति, सचिवालय , अनुगमन समिति र मूल समारोह समिति बीचको बैठकले महायज्ञको तयारीको बारेमा छलफल भएको हो । अनुगमन उपसमितिका संयोजक हरि सापकोटाको संयोजनमा बसेको बैठकले उपसमितिलाइ दिएको जिम्मेवारी र भएका तयारीको बारेमा जानकारी लिइ आवस्यक निर्देशन समेत दिएको बुझिएको छ । 

उपसमितिहरुले आफ्नो आफ्नो जिम्मेवारी कुसलता पुर्वक पुरा गर्ने गरि काम भैरहेको पाइएको अनुगमन समितिका संयोजक सापकोटाले बताए । भरतपुर महानगर ६ मा रहेको सहिद स्मृति मावीको स्वर्ण महोत्सबको अबसरमा आफ्ना भाबि सेवालाई समय सापेक्ष गुणस्तरिय एवं प्रभाबकारी बनाइ बिद्यालयको भौतिक संरचना निर्माण गरि कक्षा ११÷१२ र प्राबिधिक शिक्षाका कक्षा संचालनका लागि आर्थिक संकलन गर्न महायज्ञ आयोजना गर्न लागिएको हो ।

पौष ५ गते देखि १३ गते सम्म संचालन हुने महायज्ञको भागवत पारायण तथा कथा बाचन युवा पण्डित बालकृष्ण अर्यालले गर्ने छन । ४ करोड ५० लाख आर्थिक संकलनको लक्ष्य राखिएको सो महायज्ञ सम्पन्न गर्न ४० लाख लागतलाग्ने अनुमान छ । भरतपुर ६ पारसनगरमा रहेको बिद्यालयमा भुकम्प प्रतिरोधी भौतिक संरचना र खेल मैदानको चरम अभाब छ ।