गीत मार्फत चितवनको पर्यटकीय क्षेत्रको प्रचार– प्रसार गर्दै भरतपुर महानगर (भिडियो सहित )

चितवन, २० मंसिर । चर्चित संगीतकार तथा गायक चेतन सापकोटाको नयाँ गीती भिडियो बजारमा आएको छ ।युटुब मार्फत  बजारमा आएको ‘एक भै जुटौ नेपाली हो’ बोलको उक्त म्यूजिक भिडियो मा संगीतकार सापकोटा र प्रियंका भण्डारी का साथमा स्थानीय कलाकारहरु संजय बराल, मिलन सुबेदी, धर्मेन्द्र बन , प्राध्यापक प्रेम रिमाल, डाक्टर भोजराज अधिकारी लगायतको अभिनय रहेको छ । हीराज पौडेल राजेन्द्र अचार्य र  एमएस फिल्मस (MS FILMS) को निर्माण सहयोग रहेको उक्त भीडीयो जेनू बस्नेतको शब्द रचना रहेको गीतमा संगीतकार चेतन सपकोटाको संगीत तथा गायक प्रमोद खरेलको स्वर रहेको छ । चितवनको पर्यटकिय स्थलहरु बीसहजारी ताल, उपरदागं गढ़ी , सानु गढ़ी पटियानी थारु बस्ती लगायत विभिन्न रमणिय स्थलमा छायांकन भएको उक्त म्युजीक भिडियोमा चितवनलाई बिकास निर्माण र समृद्धिको नमुना शहरको रुपमा देखाईएको छ ।
टेकेन्द्र शाहको संपादन , बिशाल भट्टको छायांकन रहेको म्यूजिक भिडियोलाई स्वयं संगीतकार सापकोटाले निर्देशन गरेका छन् ।

 

<iframe width=”560″ height=”315″ src=”https://www.youtube.com/embed/LBZX6rmg-Vs” frameborder=”0″ allow=”accelerometer; autoplay; encrypted-media; gyroscope; picture-in-picture” allowfullscreen></iframe>