आठौँ अन्तर विद्यालय एथ्लेटिक्स मिट २०७५ शुरु

चितवन, २० मंसिर । आज देखि आठौँ अन्तर विद्यालय स्तरिय एथ्लेटिक्स मिट २०७५ शुरु भएको छ । स्मल हेभन स्कूल, कल्याणपूर चितवनको आयोजनामा शुरु खेलको भरतपुर महानगरपालिकाका मेयर रेणु दाहालको प्रमुख आतिथ्यमा उद्घाटन कार्यक्रम सम्पन्न भएको हो ।

 

 

इभेन्टको समुद्घाटनमा प्रमुख अतिथि मेयर दाहालले सम्वोधन गर्नुृहुदै चितवनको विकास अभियान शुरु भइसकेको र खेलकुदको विकासले त्यसलाई अझ पूर्ण गर्न सकिनेबताउनुभयो। चितवनमा राष्ट्रिय स्तरको खेल मैदान निर्माण सम्पन्न भइसकेको छ भने अन्तराष्ट्रिय क्रिकेट मैदानको निर्माण प्रारम्भ हुनै लागेको जानकारी गराउनु पनि गराउनुभयो ।
उद्घाटन सत्रमा ३० भन्दा बढी आमन्त्रित विशिष्ट अतिथिहरुको उपस्थिति रहेको थियो । चितवन जिल्ला र आसपासका छिमेकि जिल्लाहरुका २८ भन्दा बढी विद्यालयहरुको विशेष सहभागिताका रहेको एथ्लेटिक्स मिटमा छात्रा तथा छात्राहरुको गरी ३० वटा भन्दा बढी इभेन्टहरु संचालन हुनेछन् ।


आज संचालन भएको १५०० मिटर दौडमा छात्र तर्फ बाल्मिकी शिक्षा सदनका विद्यार्थी विनय ओझा, प्याराडाइज इङ्लिस स्कूलका सन्देश ढकाल र तृतीय स्थानमा स्मल हेभन स्कूलका सचिन सिंहले आफ्नो स्थान शुरक्षित पार्न सफल भए भने छात्रा तर्फ स्मल हेभन स्कूलकी अनिशा थापा प्रथम, बाल्मिकि शिक्षा सदनकी अंशु अधिकारी द्धितीय र लिटल स्टर इलिंस स्कूलकी रिना भट्टराई तृतीय बनी पदक, ट्रफी तथा मेडल हात पार्न सफल भएका छन् ।
कार्यक्रमको विधिवत उद्घाटन कार्यक्रमका अध्यक्ष प्रशान्त कुमार नेपालले गर्नुहुदै ठूलो उद्धेश्य राखेर खेल खेल्न र खेल संगै जिन्दगी मा जीतेर सफल हुन सवै विद्यार्थीलाई शुभकामना दिनुभयो । समग्र जीवननै खेल भएको हुनाले जिवन र खेल संग संगै जाने हुनाले जीवनलाई बुझ्न र विजयी हुन खेलको ठूलो महत्व हुने बताउनुभयो । 
कार्यक्रममा जिल्ला खेलकुद विकास समितिका अध्यक्ष गंगालाल लामा, बडाध्यक्ष ५ का अध्यक्ष पदम पानी सुवेदी, भरतपुर प्याप्सनका अध्यक्ष लेखनाथ खनाल, प्रशासकिय अधिकृत कंकल श्रेष्ठ, लुक्स नेपालका प्रवन्ध निर्देशक शुभराज तिमल्सिना, वेव एसोसिएसन नेपालका महासचिव द्रोण पराजुली, नवलपुर चितवन रेडियो प्रसारण संघका अध्यक्ष नवीनराज पौडेल लगायत विशिष्ट व्यक्तिहरुको उपस्थिति रहेको थियो । स्मल हेभन स्कूलका प्रिन्सिपल प्रशान्त कुमार नेपालको अध्यक्षतामा कार्यक्रम समपन्न भएको हो ।