रेडियो अर्पणको अध्यक्षमा पौडेल निर्वाचित

चितवन,२४ मंसिर ।  अरुण संचार सहकारी संस्था लि.द्धारा सन्चालित पुर्वि चितवनको रत्ननगर एक बकुलहरमा रहेको रेडियो अर्पणको अध्यक्षमा मेघनाथ पौडेल चयन हुनुभएको छ । रत्ननगरमा आज आयोजित रेडियोको आठौं साधारणसभा तथा तेश्रो अधिवेशनबाट पौडेल सर्वसम्मत रुपमा अध्यक्षमा चयन हुनुभएको हो ।
पौडेलको अध्यक्षतामा ९ सदस्यीय नयाँ कार्य समिति चयन गरिएको छ ।
नव गठित समितिको उपाध्यक्षमा यमन भुषाल,सचिव मोहदत्त पौडेल,कोषाध्यक्ष शिवराज दुवाडी चयन भएका छन ।
यसै गरि सदस्यहरुमा किशोर चालिशे,सुरेश भुषाल,महेश पाण्डे,धु्रबराज लामिछाने र सूर्यप्रसाद देवकोटा चयन भएका छन ।
संस्थाको लेखासमिति संयोजकमा रामचन्द्र देवकोटा र सदस्यमा सुमित्रा पौडेल तथा बासुदेव उपाध्याय निर्वाचित हुनुभएको छ ।