रेडियो भरतपुरद्धारा न्यानो कपडा वितरण

 

चितवन, २४ मंसिर । चितवनको जिल्ला सदमुकाममा रहेको रेडियो भरतपुर १०५.२ मेगाहर्जको प्रथम वार्षिकोत्सव सोमबारबाट शुरु भएको छ ।
विभिन्न ६ दिने कार्यक्रम गरि प्रथम बार्षिकोत्सव मनाउन सुरु गरेको रेडियो भरतपुर पहिलो कार्यक्रम दुई समाजिक काम सुरु गर्दै सुरु गरेको छ । महानगरपालिका–३, नारायणी नदी तिरमा रहेको हाम्रो घरमा आश्रय लिईरहेका पुर्नस्थापित सडक बालबालिकालाई माया र प्रोत्साहन स्वारुप सहयोगको कार्यक्रम समेत रेडियोले सम्पन्न गरेको रेडियोका स्टेशन म्यनेजर माधव सापकोटाले जानकारी दिए ।
सो अवसरमा पुर्नस्थापित बालबालिकालाई माया र प्रोत्साहन अन्र्तगत न्यानो कपडा समेत वितरण गरिएको थियो । ए कार्यक्रमका विच पूर्व सांसद रामकृष्ण घिमिरे र रेडियोका अध्यक्ष नविनराज पौडेलले संयुक्त रुपमा आश्रय लिएर बसेका बालबालिकाहरुलाई कपडा वितरण गरेका थिए ।
सो अवसरमा बोल्दै घिमिरेले जाडोको मौषममा रेडियो भरतपुरले वार्षिकोत्सवका अवसरमा अनाथ बालबालिकालाई न्यानो कपडा वितरण गर्नु मानव सेवाको सर्वोत्कृष्ट कार्य भएको बताए ।
साथै स्थापनाको एक वर्षमा नै रेडियो भरतपुरले गरेका कार्यहरु रेडियोको लोकप्रियताको मेरुदण्ड भएको समेत विचार व्यक्त गरे।
रेडियो भरतपुरका अध्यक्ष एवं प्रबन्ध निर्देशक नवीनराज पौडेलको अध्यक्षतामा सम्पन्न कार्यक्रममा हाम्रो घरका उपाध्यक्ष उद्योगकुमार पियाले मन्तव्य तथा रेडियो भरतपुरका कार्यकारी निर्देशक सि पि सुवेदीले स्वागत मन्तव्य व्यक्त गरेका थिए । यसअघि अज नै मानव सेवा आश्रममा सहयोग र खाना खुवाउने कार्यक्रम गरिएको थियो ।

Leave a Reply

Your email address will not be published.