रेडियो भरतपुरको वक्तृत्वकलामा गुरुकुल कलेजकी पामेला प्रथम

चितवन, २८ मंसिर ।  रेडियो भरतपुरको गौरवमय प्रथम वार्षिकोत्सवको अवसरमा आयोजित कलेज स्तरीय वक्तृत्वकला प्रतियोगिता आज सम्पन्न भएको छ । राष्ट्रको विकास र समृद्धिमा युवाको भूमिका विषयक वक्तृत्वकला प्रतियोगितामा चितवन र नवलपुरका विभिन्न १२ वटा कलेजहरुको सहभागिता रहेको थियो । प्रतियोता भरतपुर महानगरपालिका–५ कल्याणपुर स्थित स्मल हेभन स्कूलको परिसरमा कार्यक्रम सम्पन्न भएको हो ।
प्रतियोगिताको उद्घाटन पूर्व सांसद जगन्नाथ पौडेलले गर्नुभएको थियो । कार्यक्रममा एउट कलेजबाट एक जना विद्यार्थीले सहभागिता जनाएका थिए । प्रतियोगितामा गुरुकूल कलेजकी छात्रा पामेला घिमिरे प्रथम, नारायणी इङ्गलिस पव्लिक सेकेण्डरी स्कूलकी सुकीर्ति घिमिरे द्धितीय,स्मल हेभन मोडल स्कूलका पलक क्षेत्री तृतीय तथा नारायणी मनूना मा.वि.का शंकर दुवेले सान्त्वना स्थान हाँसिल गरेका छन् ।

प्रतियोगितामा प्रथम,द्धितीय ,तृतीय र सान्त्वना हुनेले क्रमशः १० हजार,७ हजार,५ हजार र ३ हजार नगद तथा प्रमाण–पत्र हात पार्न सफल भएका छन् ।
प्रतियोगितामा बरिष्ठ अधिवक्ता एकनाराययण सापकोटा ,वावुराम आचार्य र नमूना शर्मा निर्णायकको भूमिकामा रहनुभएको थियो । रेडियो भरतपुरका अध्यक्ष एवं प्रबन्ध निर्देशक नवीनराज पौडेलको अध्यक्षतामा सम्पन्न कार्यक्रममा रेडियो भरतपुरका कार्यकारी निर्देशक सि पि सुवेदीले स्वागत मन्तव्य व्यक्त गर्नुभएको थियो ।

रेडियो भरतपुरले कार्यक्रमको प्रत्यक्ष प्रसारण समेत गरेको थियो ।यसै गरी वार्षिकोत्सवकै अवसरमा भोली मंशिर २९ गते शनिबार विद्यालय स्तरीय नृत्य प्रतियोगिता हुनेछ ।प्रतियोगिता स्मल हेभन स्कूलमै विहान ११ बजेदखि हुनेछ ।