भक्तिनी बगैचामा विपन्न विद्यार्थीलाई स्टेशनरी तथा न्यानो कपडा (फोटोफिचर)

 

चितवन ०८ पुस । योङटेक कम्पनी छनान दक्षिण कोरियामा कार्यरत नेपालीहरुको आर्थिक सहयोगमा रत्ननगरका गरिव तथा विपन्न समुदायका विद्यार्थीहरुलाई शुक्रबार स्टेशनरी तथा न्यानो कपडा वितरण गरिएको छ ।       

तीन वटा विद्यालयका ३२ जना विद्यार्थी र २१ ज्ना बृद्धबृद्धालाई न्यानो कपडा वितरण गरिएको समन्वय कर्ता कल्पना बास्तोलाले जानकारी दिइन् ।
रत्ननगर १ भक्तिनी बगैचामा नवरत्न आमा समुहले आयोजना गरेको कार्यक्रममा वडा नं वडा सदस्य वाबुराम गौतम र समुहकी अध्यक्ष तुलसी आचार्यले विद्यार्थीलाई स्टेशनरी तथा न्यानो कपडा तथा बृद्धबृद्धालाई न्यानो कपडा हस्तान्तरण गरेका थिए ।