हात्ती महोत्सव नेपाल ब्रान्ड हो, सधै सिजनल बनाउन सफल : संयोजक सुमन घिमिरे

 

मुलुकको तेस्रो पर्यटकिय गन्तव्य चितवनको सौराहामा पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले प्रत्येक वर्ष आयोजना गरिदै आएको चितवन हात्ती महोत्सवको १५ औं संस्करण शुरु भएको छ ।
पुस १५ गतेसम्म सौराहामा आयोजना हुने हात्ती महोत्सवले सौराहामा रौनकता थपेको आयोजक संस्था क्षेत्रिय होटल संघ चितवनले जनाएको छ । यसपालीदेखि गरिएको कवि गोष्ठी आकर्षणको रुपमा रहेको छ ।।
हात्ती महोत्सवको निकै आर्कषणको रुपमा रहेको हात्तीका छावा विचको रोमाञ्चकारी फुटबल आफैंमा महत्वपूर्ण छ । अन्य कार्यक्रम साविक कै छ । विश्व सम्पदा सूचीमा सूचीकृत चितवन राष्ट्रिय निकुञ्जको पूर्वी प्रवेशद्धारमा सौराहा रहेको छ । स्वदेशी एवं विदेशी पर्यटकहरुको आर्कषणको केन्द्र बनेको छ सौराहा ।
संरक्षणका लागि एकता भन्ने मूल मन्त्रका साथ हरेक वर्ष मनाउँदै आईरहेको चितवन हात्ती महोत्सव सौराहाको पर्यटन प्रवद्र्धनमा कोशेढुंगा सावित हुदै आएको छ । प्रस्तुत छ यसै विषयमा रहेर चितवन हात्ती महोत्सवका संयोजक एवं आयोजक क्षेत्रिय होटल संघका अध्यक्ष सुमन घिमिरेसँग संवादमा गरिएको संक्षिप्त कुराकानी :

 

चितवन हात्ती महोत्सवको रौनक कस्तो छ ?
१५ औँ संस्करणसम्म आईपुगेको छ चितवन हात्ती महोत्सव । अब कसैका लागि नौलो छैन । एउटा चितवन कै ब्रान्ड मात्र नभई नेपालसगैँ विश्व पर्यटन ब्राण्ड बन्दै गईरहेको छ । हिजोका दिनमा समान्य रुपमा सुरु भएको हात्ती दौड हुदै चितवन हात्ती महोत्सवको रुपमा यो स्थापित भईसकेको छ । तपाईसगैँ आममा मानिसमा जग जायर छ । असिजनमा शुन्य हुने सौराहालाई सदबाहर सिजनल बनाउन यो भूमिका आफै महत्वपूर्ण छ । जसका कारण पर्यटक भरिभराउ भईरहेका छन् । यसको रौनक विगत भन्दा फरक र उत्साहपूर्ण छ । हरेक बर्ष झैं यो पटक पनि चितवन हात्ती महोत्सवलाई परिस्कृत गर्दै आएका छौं । पर्यटन प्रवद्र्धनका लागि महोत्सव उत्कृष्ट सावित भएपछि विभिन्न तहमा छलफल र सरसल्लाह गरी व्यवस्थित रुपले अघि बढेको छ । अझै हामीले परिस्कृति गरी जनावरमैत्री महोत्सवको रुपमा स्थापित गराएका छौ ।

सौराहामा हात्ती महोत्सव गर्ने सोच कसरी आयो ?
नेपाल कै गौरव बनेको हात्ती महोत्सवको अलग पहिचान र इतिहास छ । यो ठाउ नेपालकै तेस्रो पर्यटकीय क्षेत्रका रुपमा परिचय पाएको अबस्थामा सौराहाको भ्रमणका लागि एक कोरियाली टोली आएको थियो । वाईल्ड लाईफ टुरिजमको रुपमा सौराहामा पर्यटकहरुलाई जंगल सफारी गराउने धेरै हात्ती देखेपछि उनी अचम्मित भए । हात्तीहरुको यो लस्करलाई समेटेर केही गर्न पाए भन्ने भयो । अनि दौडको शुरुआत भयो । त्यसलाई परिमार्जन गर्दै हामी अहिले हात्ती महोत्सवसम्म आईपुगेका छौं । आज विश्वमा नै यसकारण नेपाललाई अलग पहिचान दिलाएको छ । एउटा ब्राण्ड नै बनेको छ । कुटनीतिक नियोगका मानिस र क्रिसमस मनाउन नेपालबाट आफ्नो देश फर्कन नसकेका विदेशीहरुलाई लक्षित गरी हामीले शुरुआत गरेका थियौं । पछि परिस्कृति हुँदैजाँदा आजको दिनसम्म आईपुगेको हो ।

पर्यटकहरु हात्ती महोत्सवमा नै किन आउने ?
मुख्यगरी महोत्सवमा आउनी एउटा रमाईलो आनन्द र मनोरञ्जन हो । क्रिसमस, र नयाँ बर्षको विचमा भएकाले साथी भाई रमाईलो गर्न, मुड फ्रेस गर्न यसै पनि आउँछन् । त्यसमाथि ईभेन्ट हुँदा पर्यटकलाई थप आकर्षण हुन्छ । चितवन र सौराहाको पर्यटन व्यवसायको थप विकासका लागि टेवा पनि पुग्ने र रमाईलो गर्न पनि पाईने । एक पन्त दुई
काम भनेजस्तै हो । वाईल्डलाईफ टुरिजमका बारेमा बुझ्न अध्ययन गर्न उपयुक्त माध्याम पनि हो नी ।
हात्ती महोत्सव मुख्य उद्देश्य के हो ?
हात्ती महोत्सवमा समग्रमा हात्तीहरुको मनोरञ्जनात्मक खेल हो । क्षणिक आनन्द र मनोरञ्जन यस खेलको तत्कालिन उद्देश्य भएपनि यो खेलका लागि पर्यटन प्रवद्र्धन र जंगली जनावरको संरक्षणजस्ता दीर्घकालिन उद्देश्यहरु रहेका छन् । खेल मार्फत हार+जीत प्रतिस्पर्धाको भावना भन्दा पनि राष्टिझय, अन्तर्राष्टिझय जगतका व्यक्तिहरुबीच भाइचराको विकास गरी वनवन्यजन्तु संरक्षणमा एकजुट हनु यो महोत्सवको मुख्य उद्देश्य रहेको छ । विश्वका विभिन्न देशहरुमा पाइने जीवजनावरहरु नेपालमा पाइने र नेपालमा मात्रै पाइने जीवजनावरहरु पनि रहेको हुदा यसको महत्व बढ्दै गएको हो ।
चितवनको पर्यटन प्रवद्र्धनमा यहाँ हुने कुनैपनि महोत्सवले छुन सकेका थिएनन् । अनि सौराहामा पर्यटन प्रवद्र्धनका लागि चितवन हात्ती महोत्सव गरिएको हो । साथै स्वदेशी एवंम् विदेशी पर्यटकलाई थप आर्कषित गर्न नै यसको मुख्य लक्ष्य हो । समग्रमा पर्यटन विकास गरी संरक्षणमा योगदान दिनु नै मुख्य उद्देश्य हो ।
यसपालीको महोत्सवमा मुख्य आकर्षण के के हुन त ?
हामीले हरके बर्ष नयां नयां काम गरिहेका हुन्छौं । अझै महोत्सव विशेष बनाउन प्रत्येक बर्ष परिमार्जन समेत गर्दै आएका छौं भने नयाँ कार्यक्रम समेत थप्दै आएका छौं । यो पटक हामीले नयाँ कार्यक्रमको रुपमा पहिलो पटक सौराहामा कवि गोष्ठी राखेका छौं । साहित्य मार्फत पर्यटन विकाससगौ वनवन्यजन्तुलाई जोड्ने प्रयास हुनेछ । यो सँगै विगत केही बर्षदेखि हुँदै आएको हात्तीहरुको वन भोज कार्यक्रम छ । यसमा हामी यस क्षेत्रका हात्तीहरुलाई एक दिन पुरै काम नगराईकन वनभोजमा मात्रै सहभागी गराउँछौं । यसमा हात्तीलाई मन पर्ने मिठा मिठा परिकारहरु जस्तैः उखु, केरा, धान, स्याउ, काउली, वन्दा, गाजर, भेली लगायतका १० थरी भन्दा बढी परिकारहरु समावेश हुन्छ । यस्तै हात्ती फाष्टवाकलाई परिमार्जन गरेका छौं । हात्तीका छावाको फुटबल, हात्ती सुन्दरी प्रतियोगिता, हात्तीको दिनचर्या, हात्तीको क्याटवाक्क, त छदै छ नी ।
यो महोत्सवको उपलब्धी के रहन्छ ?
शुरुवाती दिनमा दौडमा मात्रै सिमित रहेकोमा यो पटकदेखि अहिले महोत्सवको मान्यता पाएको छ । सफलतासगै यसको निरन्तरताका लागि सबै पक्षबाट सहयोग मिल्दै जानु नै हाम्रो उपलब्धी हो । पर्यटकलाई आकर्षण गर्ने मुख्य उद्देश्य खेलको हो । हामीले छोटो समयमा गरेको तयारी एवं प्रसारप्रसारले समेत अहिले हजारौं पर्यटकहरुको घुईचो लाग्ने गर्दछ । समग्रमा भन्दा पर्यटनको विकास गरी जनावर र मानिसको सम्वन्ध समधुर बनाउँदै संरक्षण हुनु नै मुख्य उपलव्धी हो ।
यहाँसम्म आईपुग्दाको सफलता ?
द्धन्द्धको समयमा धरासायी बनेको पर्यटन व्यवसायलाई अहिलेको सन्र्दभमा निकै माथि लगेको छ । धरासायी बनेका व्यवसायीहरु उत्साही भएका छन् । सौराहामा लगानी समेत बढेको छ । हरेक क्षेत्र यो समयमा आएर पर्यटन व्यवसायप्रति व्यवसायी आकषर््िात भएका छन् । धेरै सफलता छ । म मात्र होईन् यहाँका सबै व्यवसायीहरु खुसी रहेका छन् । सबै ठाउँमा महोत्सव भव्य बनाउन सहयोगी हातहरुको प्रेरणा मिलिरहेको छ । अर्को गर्नुपर्ने यहाँको जैविक विविधता र वन वन्यजन्तु संरक्षण हो । हामी सबै लागेका छौं । स्थानियस्तर हुदै राष्ट्रिय र अन्तराष्ट्रिय स्तरमा सौराहालाई चिनाउन सफल छौं ।
अन्य महोत्सव र हात्ती महोत्सवमा के फरक छ ?
ठुलो अन्तर छ । अन्य महोत्सव किनबेच व्यपारमा सिमित छन् । तय यहाँ हात्तीको गतिवधि देखि दिनचर्या र हात्तीले पनि खेल खेल्छ । यो नयाँ र नौलो हो । हात्ती प्रत्यक्ष नदेखेकाहरुका लागि पनि अबसर हो दर्जनौं हात्ती देख्न पाउनु । अनि हात्ती र मानिसको सम्बन्ध विस्तारमा समेत टेवा पुग्छ भने अन्तत पर्यटन विकास र संरक्षणमा योगदान दिन्छ ।
श्ुरुवाती दिनमा दौडमा मात्रै सिमित रहेको यो महोत्सवले अहिले अन्तर्राष्टिझय महोत्सवको मान्यता पाएको छ । सबैमा यो खेल कस्तो होला भनेर कौतुहलताको विषय बनेको छ ।

Leave a Reply

Your email address will not be published.