भरतपुरमा दिउसै गैडा आतकं कायमै, स्थानिय त्रासमा, प्रशासन बेखबर (फोटोफिचर)

जिबन रानाभाट
चितवन, ११ पुस ।  चितवनको भरतपुर महानगरपालिका ४ आनन्दचोकमा दिउसै गैडा देखिन थालेपछि स्थानीय त्रसित भएका छन् । दिउसो १,२ बजेको समयमा आएको गैडाले स्थानीयले लगाएको अन्नबालि खाइदिएको छ.चितवन राष्ट्रिय निकुञ्जमा गैडाको संख्या बढेपनि उचित बासस्थान र आहाराको समस्याले गैडाहरु बस्ति पस्न थालेको धेरै भैसक्दा पनि निकुञ्ज प्रशासन मौन बसेको स्थानीयले आरोप लगाएका छन् ।

केहि दिन देखि सो क्षेत्रमा बिहान बेलुका गैडा निस्किन थालेपछि साझ पर्ने बितिकै घर बाहिर निस्किन डर लाग्न थालेको स्थानीय प्रजापति कंडेलले  जानकारी दिनुभयो । आज दिउसो १ बजे निस्किएको गैडालाइ नियन्त्रणमा लिन दिउसो २ बजे तिर प्रहरीलाइ खबर गरेको भएपनि प्रहरी साझ ४ बजे सम्म गैडा भएको स्थानसम्म नपुगेको भन्दै स्थानीयले आक्रोस पोखे ।

उनीहरुले प्रहरीको यस्तो कामले प्रहरीलाई नै बदनाम गराउने बताए.दिनहु गैडा आएपनि गैडा नियन्त्रण गर्न निकुञ्ज प्रशासनले कुनै वास्था नगरेको बताइएको छ । एक स्थानीय बिधार्थिले आफुहरु गैडाको डरले बिहान क्याम्पस जान नै समस्या भएको बताए ।

बिहान जाडोमा हुस्सु हुनेभएपछी अगाडिको बस्तु देख्न गार्ह्रो पर्ने बताउदै उनले गैडा बिहान दिउसो साझ घर वरिपरि हुने भएपछी पढ्न जान समस्या भएको बताए । चाडै यस समस्याको समधान गर्न स्थानीयले आग्रह गरेका छन् ।

Leave a Reply

Your email address will not be published.