हंसको नवौं वार्षिकोत्सव रक्तदान एव सदस्यसम्मान सहित सकियो (फोटोफिचर)

चितवन, १४ पुस । हंस बहुउद्देश्यीय सहकारी संस्था लि। ले २०७५ पौष १४ गते आफ्नो नवौं वार्षिकोउत्सवको अवसरमा खुल्ला रक्तदान एवं सम्मान कार्यक्रम सम्पन्न गरेको छ ।
कार्यक्रममा ६ जना महिला र २० जना पुरुष गरी जम्मा २६ जनाले रक्तदान गरेका छन् ।  शेयर सदस्यहरु एवं कर्मचारीहरुकोे मनोबल उच्च बनाउन विभिन्न विधामा ३८ जना र संस्थाले आयोजना गरेका विभिन्न समाजिक कार्यक्रमहरुमा सहयोग पु¥याउने ५ बटा सहयोगी संस्थाहरुलाई समेत सम्मान गरियो ।
संस्थाका अध्यक्ष दिनेश कुमार चुकेको अध्यक्षतमा सम्पन्न भएको कार्यक्रमा भरतपुर महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत नेत्र प्रसाद सुवेदी प्रमुख अतिथि रहनु भएको औपचारिक कार्यक्रममा जिल्ला बचत तथा ऋण सहकारी संघका अध्यक्ष तेजेन्द्र खड्का, जिल्ला सहकारी संघ चितवनका सदस्य भक्तीराम अधिकारी, भरतपुर महानगरपालिकाका वडा नं १ का अध्यक्ष जयराम श्रेष्ठ, वडा नं ३ का अध्यक्ष चन्द्रमित्र पण्डित, जिल्ला वहुउदेश्यीय सहकारी संघका सदस्य मदन खरेल विशिष्ट अतिथिको रुपमा रहनु भएको थियो ।
जुनियर प्रहरी अधिकृत शिक्षालय, नेपाल रेडक्रस सोसाईटी, वैक वित्तिय संस्थाका प्रमुख तथा प्रतिनिधिहरुको आतित्थ्यतामा भएको कार्यक्रमका वक्ताहरुले हंसको आर्थिक तथा सामाजिक कार्यहरुको खुलेर प्रसंसा गर्नु भएको थियो ।
संस्थाका संचालक समितिका पदाधिकारी तथा सदस्यहरु, लेखा समिति संयोजक तथा सदस्यहरु, अन्य उप समितिका संयोजक तथा सदस्यहरु, सेवाकेन्द्र व्यवस्थापन उप समितिका सदस्यहरु, शेयर सदस्य तथा शुभ चिन्तक लगायत संस्थाका कर्मचारीहरु गरी २०० जना भन्दा बढिको सदस्यहरुको उपस्थिति रहेको वार्षिकोत्सव कार्यक्रमको संचालक सदस्य शारदा शर्मा पौडेलले संचालन गर्नुभएको थियो भने संचालक सदस्य प्रा डा होमनाथ सापकोटाले स्वागत मन्तव्य राख्नु भएको थियो ।
कार्यक्रममा रगत संकलनको लागि रक्त संचार केन्द्र भरतपुरको ४ जनाको प्राविधिक टोलीले सहयोग पु¥याएको थियो ।

Leave a Reply

Your email address will not be published.