पाकिस्तानी राजदुत डा.जाबेदले भने-नेपाल पाकिस्तानको असल मित्र

चितवन,२३ पुस । नेपालका लागि पाकिस्तानका राजदुत डा. मजर जाबेदले नेपाल पाकिस्तानको असल मित्र भएको बताएका छन् । आज नारायणी विद्यामन्दिर माध्यामिक विद्यालय शिवनगरमा आयोजित पाकिस्तानी राजदुतावासको शैक्षिक सहयोग हस्तान्तरण कार्यक्रममा बोल्दै डा. जाबेदले यस्तो बताएको हो । डा. जाबेदले शिक्षा क्षेत्रमा विद्यार्थीहरुको क्षमता विकासको लागि कम्प्युटर हस्तान्तरण गर्न पाउँदा खुसी लागेको बताए ।

 

 

 

कार्यक्रमको प्रमुख अतिथि समेत रहेका भएका डा। जाबेदले नेपाल र पाकिस्तानबीच दौत्य सम्बन्ध कायम भएसँगै सहयोग आदानप्रदान भैरहेको बताए । पाकिस्तानी दुतावासले शिक्षा, स्वास्थ्यका साथै विविध क्षेत्रमा सहयोग गर्दै आएको बताउँदै उनले आउँदा दिनहरूमा सहयोग बढाउँदै लैजान चाहेको बताए। यस्ता सहयोगहरूले दुई देशका नागरिकबीच रहेको जनस्तरको सम्बन्धलाई अझै सुदृढ गर्ने बताए ।

कार्यक्रममा भरतपुर महानगरका मेयर रेनु दाहाल लगायतको उपस्थिति रहेका थिए ।

Leave a Reply

Your email address will not be published.