रत्ननगरमा माघ १ गतेदेखि वडाबाटै राजश्व संकलन

रत्ननगर २३ पुुस । रत्ननगर नगरपालिकाले माघ १ गतेदेखि वडा कार्यालयबाट राजश्व संकलन सुरु गर्दैछ । त्यसको तयारीका लागि नगरपालिकाले वडा सचिव र सामाजिक परिचालिकाहरुलाई राजश्व सफ्टवेयर सम्बन्धी तालिम सुरु गरेको छ । सोमवारबाट सूरु भएको तालिममा एकीकृत सम्पत्ती कर र व्यवसाय करलाई राजश्व सफ्टवेयर मार्फत संकलन गर्ने तरिकाका बारेमा सिकाइने नगरपालिकाका आइटी अफिसर रवि तिवारीले जानकारी दिए । प्रत्येक वडाका दुई दुई जना गरी ३२ जनाको सहभागिता रहेको सो तालिममा साङग्रिला माइक्रोसफ्ट प्रणालीका कर्मचारी नेत्रप्रसाद रिजालले प्रशिक्षण दिएका छन । राजश्व संकलनको अन्य व्यवहारिक पक्षका वारेमा प्रशासकीय अधिकृत संगम सापकोटा र राजश्व शाखा प्रमुख डिम्बेश्वरी पौडेलले सजीकरण गर्नेछन । प्रशासकीय अधिकृत सापकोटाले माघ १ गतेबाट वडा कार्यालयबाट राजश्व संकलन गर्ने गरी तयारी गरिएको बताए ।

Leave a Reply

Your email address will not be published.