इन्द्रकल्पना नामक काव्य संग्रह लोकार्पण

कारी महतो
चितवन, पुस २३ । कंकाली माध्यमिक विद्यालयमा एक लाख रुपैयाँ बराबर छात्रवृत्ति अक्षय कोष खडा गरेका साहित्यकार तथा ज्योतिष पण्डित इन्द्रप्रसाद शर्मा वाग्लेले सोहि विद्यालयमा बाट “इन्द्रकल्पना” नामक काव्य संग्रह लोकार्पण गरेका छन् । उक्त संग्रहमा उपदेश, पैसा, किसान, मुर्ख छोरो, घरैमा स्वर्ग, परदेशी केटो लगायत एघारवटा शीर्षकमा कविता संग्रहित छन् ।
संग्रहित सबै कविताहरु शार्दूलविक्रीडित छन्दमा लेखिएका छन् । पुस्तकको मूल्य एक सय पच्चीस रुपैयाँ राखिएको छ । “छन्द बचाउ अभियान चलिरहेको वर्तमान परिप्रेक्ष्यमा छन्दमा लेखिएका काव्य कृतिले केहि सामान्य रुपमा भएपनि महन्वपूर्ण भूमिका निर्वाह गर्नेछ भन्ने आशा एवं विश्वास लिएको छु” लोकार्पणको क्रममा कवि शर्माले बताए ।

Leave a Reply

Your email address will not be published.