बाघको जैविक, पर्यावरणीय तथा साँस्कृतिक महत्वको जनचेतना अभिवृद्धि बनाउन जरुरी

 

चितवन, २४ पुस । संरक्षित क्षेत्र बाहिर रहेका बाघ संरक्षण र चोरी शिकार नियन्त्रणका लागि पनि संरक्षण सम्वन्धी ठोस कार्ययोजना बनाउन र लागू गर्न जरुरी रहेको सरोकावालरुले जोड दिएका छन् ।
पूर्वी चितवनको सौराहामा चितवन रास्ट्रिय निकुञ्ज तथा मध्यवर्ती क्षेत्रमा मानव बाघ द्वन्द्धको अवस्था बारे अभिमुखिकरण कार्यक्रममा बोल्दै संरक्षणकर्मीहरुले बाघ संरक्षण निति नै बनाउन माग समेत गरेका छन् ।

स्थानिय बाघ संरक्षण उपसमितिले आयोजना गरेको कार्यक्रममा बोल्दै उनीहरुले बाघको जैविक, पर्यावरणीय तथा साँस्कृतिक महत्वको बारेमा जनचेतना अभिवृद्धि व्यापक बनाउनु जरुरी औल्याएका थिए ।
बाघ विनाशले सनातन पर्यावरणीय चक्र र समग्र खाद्य श्रृंखलामा असर पुग्नुका साथै पर्यापर्यटनको प्रमुख आकर्षण र पहिचानसमेत गुम्ने खतरा रहको उनीहरुको भनाई थियो ।
उनीहरुले मावन र बाघ विचको द्धन्द्ध घटाउन विशेष प्याकेज कार्यक्रम ल्याउन सरकारसगा माग समेत गरेका छन् ।

कार्यक्रमको उद्धघाटन गर्दै चितवन राष्ट्रिय  निकुञ्ज पूर्वी सेक्टर सौराहाका प्रमुख ऋषि रानाभाटले विश्व बाघ सम्मेलनका क्रममा नेपाल सरकारले प्रतिवद्धता गरेको क्षेत्रीयस्तरको वन्यजन्तु अपराध नियन्त्रण केन्द्र स्थापनालाई तत्काल कार्यावन्यन गरीनुपर्ने बताए । साथै उनले बाघ संरक्षण र द्वन्द न्यूनीकरणमा सबै पक्षहरु एकजुट भइ सहकार्य गर्नु पर्ने, समुदाय स्तर अग्रसर भए समस्या न्यूनीकरण गर्न सकिने र द्वन्द प्रभावित क्षेत्रमा समुदायलाई सहयोग गर्नु पर्ने बताएका छन् ।
यस्तै कार्यक्रममा नै बोल्दै राष्ट्रिय प्रकृति संरक्षण कोष सौराहाका प्रमुख रामकुमार अर्यालले अभिमुखीकरण कार्यक्रममा सिकेका कुराहरु द्वन्द पीडित समुदायमा गएर युवाहरूले सचेत गर्दै जानू पर्ने, मध्यवर्ती क्षेत्रको समग्र क्षेत्रमा जनचेतना अभिबृद्धी गर्नु पर्नेमा जोड दिएका थिए ।

कार्यक्रममा सहभागीहरुलाई प्रशिक्षण दिदै राष्ट्रिय प्रकृति संरक्षण कोष सौराहाका अनुसन्धान अधिकृत बाबुराम लामिछानेले बाघको संख्या बढ्दै जाँदा बासस्थान व्यवस्थापन, आहार प्रजातिको संरक्षण, मानव बाघ द्वन्द्व न्युनीकरण र मौसम परिवर्तन जस्ता चुनौति झन् थपिएको बताए ।


कार्यक्रममा बोल्दै बाघ संरक्षण समितिका अध्यक्ष जित बहादुर तामाङले सम्पुर्णलाई धन्यवाद दिदै पर्यावरणीय सुचक र पर्यटनको आधार बाघ संरक्षणमा सम्पुर्ण संघसंस्थाहरु एकजुट हुनु पर्ने भनाई राखेका थिए ।

वातावरणीय सुशासन कार्य समुहका सहजकर्ता प्रकाश चापागाईंले सञ्चालन गरेको कार्यक्रममा अग्रणी संरक्षणकर्मी तथा युवाहरू मार्फत द्वन्द न्यनिकरणमा सहजीकरण गर्ने  ३० जना बढीको सहभागी थियो । कार्यक्रममा नेचर गाइड एसोसिएसन, वर्ड एजुकेसन सोसाइटी
वातावरणीय सुशासन कार्य समुहसहितका संरक्षण मुलक संस्थाको सहभगी थियो ।

Leave a Reply

Your email address will not be published.