चितवन मेडिकल कलेजको शिविरमा ७ सय ५० जना बढी स्थानियहरु लाभान्वीत (फोटोफिचर)

 
तनहुँ, २४ पुस । तनहुँ जिल्लाको व्यास नगरपालिका गजौडीमा आयोजित निशुल्क स्वास्थ्य शिविरमा ७ सय ५० जना बढी स्थानियहरु लाभान्वीत भएका छन् । 
चितवन मेडिकल कलेजले आफ्नो समाजिक उत्तर दायित्व अन्र्तगत ग्रामिण भेगमा पुगेर प्रत्यक्ष रुपमा विशेषज्ञसहितको निशुल्क उपचार सेवा दिने अभियान अन्र्तगत गजौडीको शिविरमा ७ सय ५० जना बढी स्थानियहरु लाभान्वीत भएका हुन् । 
चितवन मेडिकल कलेजका अध्यक्ष तथा प्रबन्ध निर्देशक प्रा.डा.हरिशचन्द्र न्यौपानेको नेतृत्वमा अस्पतालका डा दायाराम लम्सालसहित २४ जना विशेषज्ञ डाक्टरहरुले शिविरमा विरामीहरुको चेकजाच गरेका थिए । 
गौजाडीमा आयोजित शिविरमा ढाड दुःख्ने र छालाका समस्या धेरै भएका विरामीहरु भेटिएको अस्पतालका कार्यकारी प्रमुख प्रताप देवकोटाले जानकारी दिए ।
सोही अवसरमा निशुल्क औषधी वितरणसगैँ शिविर स्थलमा नै निशुल्क भिडियो एक्सरे, ल्याब परीक्षणसगैँ मद्युमेहसमेत परिक्षण गरिएको कलेजका अध्यक्ष तथा प्रबन्ध निर्देशक प्रा.डा.हरिशचन्द्र न्यौपानेले बताए ।  शिविरलाई स्थानिय लायन्स क्लब अफ तनहुँले सहकार्य गरेको थियो ।

Leave a Reply

Your email address will not be published.